सुनकाण्डमा एसएसपी श्यामबहादुर खत्री प्रहरी हेडक्वार्टरबाटै पक्राउ


प्रकाशित मिति : माघ २३, २०७३ आईतबार

३३ किलो सुनकाण्डमा नेपाल प्रहरीका एक उच्च अधिकारी पक्राउ परेका छन् । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोले प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) श्यामबहादुर खत्रीलाई प्रहरी हेडक्वार्टरबाटै पक्राउ गरेको हो ।

यसअघि सुन तस्करलाई सघाएको भनि शंकाको घेरामा रहेका खत्रीलाई प्रहरी हेडक्वार्टरमा सरुवा गरिएको थियो भने त्यहाँबाट जगेडा पुलमा सारिएको थियो ।

उनलाई पक्राउ पछि केन्द्रीय अनुसन्धान ब्यूरोको कार्यालय महाराजगञ्जमा लगिएको बताइएको छ । पुस २१ गते विमानस्थलबाट ३३ किलो सुन पास हुँदा उनी विमानस्थलको सुरक्षा कमाण्ड सम्हाल्ने दोस्रो वरियताका अधिकारी दिए । खत्री  हालसम्म पक्राउ परेका मध्येका उच्च अधिकारी हुन् ।

व्यूराले नेपालगञ्जका गोपाल बहादुर शाहीले एयर अरेबियाको उडानबाट ल्याएको सुन रिसिभ गर्न पुगेका मोरङका दिलबन्धु थापा र धनुषाका सन्तोष काफ्ले सोही दिन पक्राउ गरेको थियो ।

[jetpack_subscription_form title="खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏" subscribe_text="अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।" subscribe_placeholder="इमेल ठेगाना यहाँ प्रविष्ट गर्नुहोस्…" subscribe_button="सब्सक्राइब गर्न यहाँ क्लिक गर्नुहोस्" ]

ब्युरोले उनीहरुकै बयानका आधारमा त्रिभुवन विमानस्थल भन्सारमा कार्यरत दुई अधिकृत सहित अन्य दुई जनालाई पनि पक्राउ गरेर अनुसन्धान गरिरहेको छ । तर, मुख्य अभियुक्तलाई भने अहिले सम्म पनि बाहिर ल्याइसकेको छैन ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com