बाल विवाह हुने मुलुकमा नेपाल दशौँ स्थानमा : युनिसेफ


प्रकाशित मिति : जेष्ठ २४, २०७६ शुक्रबार

धेरै बाल विवाह हुने मुलुकमा नेपाल दशौँ स्थानमा परेको संयुक्त राष्ट्रसङ्घीय बाल विकास कोष (युनिसेफ) को एक अध्ययनले देखाएको छ । नेपालका २० देखि २४ वर्षका १० पुरुष र महिलामध्ये एकको बाल्यावस्थामै विवाह हुने तथ्य युनिसेसफले सार्वजनिक गरेको हो ।

अफ्रिकी गणतन्त्रमा (२८ प्रतिशत), निकाराग्वा (१९ प्रतिशत) र मदगास्कर (१३ प्रतिशत) बालकको बालविवाह हुने गरेको सो अध्ययनले देखाएको छ । त्यस्तै ल्याटिन अमेरिका र क्यारिबियन क्षेत्र, पूर्वी एशिया र प्रशान्त क्षेत्र र दक्षिण एशिया लगायतका क्षेत्रमा बढी बालविवाह हुने गरेको तथ्याङ्कले जनाएको छ।

विश्वभरि कूल ७६ करोड ५० लाख बालबालिकाको बालविवाह भएको छ । बालविवाह हुनेमा धेरैजसो बालिका छन् । बालविवाह भएका बालकले उमेर नपुग्दै वयस्कको जस्तै जिम्मेवारी बहन गर्नुपर्ने भएका कारण उनीहरूले छिट्टै बाबुको भूमिका निभाउनुका पर्ने अवस्था सिर्जना हुन्छ ।
साथसाथै परिवारको जिम्मेवारी पनि सम्हाल्नुपर्ने हुँदा उनीहरू शिक्षा र रोजगारीका अवसरबाट वञ्चित हुने युनिसेफका कार्यकारी निर्देशक हेनरिएटा फोरले बताएका छन् ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com