काठमाण्डौमा हावाहुरी र वर्षा


प्रकाशित मिति : जेष्ठ २३, २०७६ बिहीबार

काठमाण्डौ उपत्यकामा एकाविहानै हावाहुरी सहित वर्षा भएपछि जनजीवन प्रभावित भएको छ । हिजो बेलुकी कैलाली कञ्चनपुरमा भीषण हावाहुरीले तहस नहसका पारे लगत्तै उपत्यकामा हावाहुरी आएको हो ।

हावाहुरीले कुनै क्षति गरे नगरेकोबारे विवरण प्राप्त भएको छैन । तर सामाजिक संजालमा यसबारे त्रास व्यक्त गरिएको छ ।

हिजोमात्र पश्चिम नेपालका विभिन्न जिल्लामा आएको हावाहुरीले जनधनको ठूलो क्षति भएको छ । कैलालीमा एक जनाको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय कैलालीका अनुसार कैलालीको गोदावरीका बीरबहादुर थारुको मृत्यु भएको छ ।

कैलालीमा मात्र ५० जना भन्दा धेरै घाईते भएका छन् । हावाहुरीका कारण कैलाली, कञ्चनपुर, बाँके, बर्दिया र दाङमा हावहुरीले सयौं घर उडाएको छ । पानीसहितको हावाहुरीले सबैभन्दा धेरै असर कैलालीमा परेको छ । घाईतेको विभिन्न अस्पतालमा उपचार भैरहेको छ ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

कैलालीका प्रहरी उपरिक्षक सुदीप गिरीले अहिले विभिन्न ठाउँमा उद्दारको काम भैरहेको जनाएका छन् । हावाहुरीले कञ्चनपुरका विभिन्न बस्तीका नागरिक प्रभावित भएका छन् । हावाहुरीको असर बर्दिया, बाँके र दाङसम्म परेको छ ।

घाईते मध्य केहीको अवस्था गम्भीर छ । रुख ढलेकाले ठाउँ ठाउँमा सडक अवरुद्ध भएको छ । हावाहुरीले गर्दा बिजुली बत्ति गएको छ भने मोबाइल नेटवर्क समेत ठाउँ ठाउँमा अवरुद्ध भएको छ ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com