डोनाल्ड ट्रम्पले सन् २०२० को चुनाव पनि जित्ने अधिकांश अमेरिकीको प्रक्षेपण


प्रकाशित मिति : जेष्ठ २२, २०७६ बुधबार

वर्तमान अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सन् २०२० को राष्ट्रपति चुनाव पनि जित्ने अधिकांश अमेरिकीहरुले प्रक्षेपण गरेका छन् । एसएसआरएसले संचालन गरेको सीएनएएन पोल अनुशार ५४ प्रतिशत अमेरिकनहरुले डोनाल्ड ट्रम्पको जित निश्चित भएको अनुमान गरेका छन् ।

४१ प्रतिशतलेमात्र डोनाल्ड ट्रम्पले राष्ट्रपतिको चुनाव हार्नसक्ने अनुमान गरेका छन् । रोचक त के छ भने बराक ओबामाको दोश्रो कार्यकालको बेलामा भन्दा पनि धेरै अमेरिकनहरुले ट्रम्पले दोश्रो कार्यकाल जित्ने अनुमान गरेका छन् । सन् २०११ को सर्वेक्षणमा ५० प्रतिशतले मात्र ओबामाले दोश्रो कार्यकाल जित्ने अनुमान गरेका थिए ।

अध्यागमनको क्षेत्रमा पनि ४१ प्रतिशत अमेरिकनले ट्रम्पलाई स्वीकृत गरेका छन् भने ५४ प्रतिशले अस्वीकृत गरेका छन् । सीएनएनको उक्त सर्वेक्षण मे २८ देखि ३१ सम्म गरिएको थियो । जसमा १००६ जनाले ल्याण्डलाइन र सेलफोनमार्फत आफ्नो मत जाहेर गरेका थिए ।

सर्वेक्षणको पूरा पाठ यहाँ उपलब्ध छ ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com