प्रकाश थापा सिलिकन भ्याली पर्यटनदूत


प्रकाशित मिति : माघ २२, २०७३ शनिबार

-विजय थापा

अमेरिकाको क्यालिफोर्निया क्षेत्रमा लामो समय देखि नेपाली कला ,संस्कृति तथा खेलकुद लाई प्रवर्धन गर्दै आई रहेका अन्तरराष्ट्रिय तेक्वान्दो प्रशिक्षक प्रकाश थापालाई नेपाल सरकार अन्तर्गतको नेपाल पर्यटन बोर्डले सिलिकन भ्याली क्यालिफोर्निका लागि पर्यटन दुतमा नियुक्त गरेको छ ।
नेपालको पर्यटन क्षेत्रमा थप योगदान पुर्याउन र नेपाललाई पर्यटन गन्तव्यको रुपमा विकास गर्नका लागि बोर्डले थापालाई पर्यटन दुतमा नियुक्त गरेको जनाएको छ । संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय अन्तर्गत रहेको बोर्डले थापालाई गत साता पर्यटन दुतमा नियुक्त गरेको हो ।

थापा छोटो समयमा यहाँ सम्म पुग्ने मध्ये कै एक सफल नेपाली हुन् । नेपालमा हुँदा २२ बर्ष भन्दा बढि आइटिएफ तेक्वान्दोमा रहेका थापा अमेरिकामा पनि खेलकुदमा त्यतिकै सक्रिय छन् । समय व्यवस्थापन गर्दै खेलकुद सँगै थापाले अमेरिकामा नेपाली गीत ,संगीत तथा चलचित्रको प्रवर्धन तथा नेपाली कलालारका लागि अवसर सिर्जना गर्दै आइरहेका छन् ।

‘म पर्यटन दुत नियुक्त हुनु अगाडी पनि नेपालको प्रवर्धनका लागि खटिरहेको नै थिए शायद त्यसैको कदर स्वरुप मलाई पर्यटन दुतमा नियुक्त गरिएको होला थापाले भने । अब अझै योजनाबद्ध बनाएर नेपालको पर्यटनको प्रवर्धन मा लाग्छु ।अमेरिकामा हुने हरेक गतिविधि र विशेष गरि क्यालिफोर्निया क्षेत्रमा नेपालको प्रमुख पर्यटकीय गन्तव्यका बारेमा छिट्टै नै जानकारी मुलक कार्यक्रमको आयोजना गर्ने योजना रहेको थापाले बताए ।

[jetpack_subscription_form title="खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏" subscribe_text="अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।" subscribe_placeholder="इमेल ठेगाना यहाँ प्रविष्ट गर्नुहोस्…" subscribe_button="सब्सक्राइब गर्न यहाँ क्लिक गर्नुहोस्" ]

उनले अगाडी भने अमेरिकाका स्थानिय बीच नेपालको कला संस्कृती, परम्परा तथा पर्यटनका हरेक विषयमा जानकारी गराउनका लागि प्रतिबद्ध रहेको थापाले बताए ।

विश्वका प्रमुख सूचना प्रविधिको मुख्यालय रहेको सिलिकन भ्यालीमा विश्वभरबाट पर्यटक पुग्ने गर्छन् । विश्वको प्रमुख गन्तव्य बनेको सिलिकन भ्यालीमा आउने पर्यटकलाई लक्षित गरेर नेपालको बारेमा जानकारी मात्र दिन सकियो भने पनि नेपाल पुगने पर्यटकको संख्या बढ्न सक्ने अपेक्षा रहेको थापाले बताए ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com