७५ वर्षीय कृषक, कृषिबाटै कमाउँछन् वर्षमा १५ लाख


प्रकाशित मिति : जेष्ठ २०, २०७६ सोमबार

मेहनत, जोसजाँगर भए पैसा कमाउन उमेरले रोक्दैन। इच्छाशक्ति भने हुनुपर्छ। ३०-४० हजार रुपैयाँ कमाउन विदेशी भूमिमा पुग्ने युवाका लागि यहाँका एक ७५ वर्षीय वृद्ध उदाहरण बनेका छन्।

पत्यार नलाग्न सक्छ ७५ वर्षीय वृद्धले खेती गरेरै वार्षिक १५ लाख कमाउँछन् भन्ने ! त्यसमा पनि झन् एउटा खुट्टाले त्यति भर पाउँदैन, लौरो टेकेर उकाली–ओराली गर्दै बारीमा पुग्छन् उनी। वृद्धवृद्धा परि श्रम गर्न सक्दैनन् र आम्दानीको स्रोत नहुँदा दुःख पाउँछन् भनेरै सरकारले सामाजिक सुरक्षा भत्ताको व्यवस्था गरेको छ। तर, त्यसको उनले कुनै मतलब राख्दैनन्।

उमेरले डाँडो काट्दै गए पनि उदयपुरको रौतामाई गाउँपालिका ७ धाङ्लेका कृषक जितुहर्क तामाङको मेहनत, परि श्रम र लगनशीलतामा कमी आएको छैन। उनको लगाव र जाँगर देखेर गाउँका सबै छक्क पर्छन्। घाम झुल्कनुअघि चिया पिएर खेतबारीमा पुग्ने उनी मध्याह्न खाना खान घर फर्कन्छन्।

मध्याह्न १२ देखि दुई बजेसम्म आराम गर्छन्। तीन घन्टा नजिकैको मुर्कुची बजारमा साथीभाइसँगको भेट अनि सामाजिक कार्यपछि पुनः घर फर्किएर खेतीमा रमाउने तामाङ परि श्रम गरे स्वदेशमै सुन फलाउन सकिन्छ भन्छन्।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

२० वर्षदेखि तामाङ फलफूल, तरकारीखेती, बाख्रापालन र पानीघट्ट व्यवसाय सञ्चालन गरी वार्षिक १५ लाखभन्दा बढी आम्दानी गर्छन्। हरेक दिन बिहान चार बजे उठेर आर्थिकोपार्जनमा लाग्ने उनले पैसा मात्र कमाएका छैनन्, गाउँलेबाट सम्मानसमेत पाएका छन्। यो समाचार आजको अन्नपूर्ण पोस्ट दैनिकमा छ ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com