युरोप भ्रमणमा जाँदै प्रधानमन्त्री ओली, नेपालको स्याटेलाइटबारे सम्झौता हुनसक्ने


प्रकाशित मिति : जेष्ठ २०, २०७६ सोमबार

प्रधानमन्त्री केपी शर्मा ओली आगामी साता युरोप भ्रमणमा जाने भएका छन् । उक्त भ्रमणका क्रममा फ्रान्सको एउटा कम्पनीसँग नेपालको भूउपग्रहबारे सम्झौता हुनसक्ने जनाइएको छ । नेपाल दूरसञ्चार प्राधिकरणले उक्त सम्झौतापत्रको खाका तयार पारिरहेको छ।

गत फागुनमा फ्रान्सको टालेस अलेनिया स्पेससँग अन्तर्राष्ट्रिय दूरसञ्चार संघ (आइटीयू) बाट पाएको आफ्नो ‘अर्बिटल स्लट’मा भू-उपग्रह राख्ने विषयमा आशयपत्रमा नेपालले हस्ताक्षर गरेको थियो। प्रम ओलीले आगामी आइतबारदेखि  युरोप भ्रमण गर्ने कार्यक्रम रहेको छ।

सञ्चार तथा सूचना प्रविधि मन्त्री गोकुलप्रसाद बाँस्कोटाको गत फागुनमा फ्रान्स भ्रमणका क्रममा प्राधिकरण र उक्त कम्पनीबीच भएको समझदारी अनुसार आगामी सम्झौता हुन लागेको जनाइएको छ ।

नेपालमा लामो समयदेखि भू-उपग्रह राख्ने विषयमा चर्चामा रहदै आएको छ। तर त्यसका लागि ठोस काम भने नभएको कतिपय विज्ञले आरोप लगाउने गरेका छन्।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

गत वैशाख ४ गते अमेरिकाबाट जापानको एक विश्वविद्यालयको सहयोगमा नेपाली विद्यार्थीले बनाएको एउटा सुक्ष्म भू-उपग्रह भने नेपालको झण्डा राखेर अन्तरिक्षमा पठाइएको थियो। उक्त भू-उपग्रहलाई नेपालको पहिलो स्याटलाइट भन्दै प्रचार गरिए पनि त्यसबाट खासै केही पनि सेवा लिन नसकिने वैज्ञानिकहरूले बताउँदै आएका छन्।

शुरूमा आफ्नै खर्चमा भू-उपग्रह राख्ने योजना अघि सारेको सरकारले १५ वर्षका लागि अन्तरिक्षमा राखिने भू-उपग्रहका लागि ठूलो रकम खर्च गर्नुपर्ने भएपछि साझेदार खोज्न थालेको थियो। नेपालले भूउपग्रह राख्नका लागि सुरुमै ३० अर्ब खर्च गर्नुपर्ने अनुमान छ । भूउपग्रह राखिसकेपछि पनि १५ वर्षभित्र अर्को ३० अर्ब रुपैयाँ खर्च हुने एउटा प्रतिवेदनमा उल्लेख थियो।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com