युएस नेपाल पोलिसी रिसर्च सेन्टरको नयाँ नेतृत्व


प्रकाशित मिति : जेष्ठ २०, २०७६ सोमबार

युएस नेपाल पोलिसी रिसर्च सेन्टरको नयाँ नेतृत्व चयन भएको छ । सेन्टरको चौथो वार्षिक सम्मेलन गत साता युनिभर्सिटी अफ क्यालीफोर्निया बर्क्लेमा सम्पन्न भएको थियो ।
आगामी ३ वर्ष को लागि सर्वसम्मतीबाट डा. राजन पन्त अध्यक्षमा र डा. सुमन पराजुली कार्यकारी सचिवमा चयन हुनु भएको हो । यसैगरी कार्यसमितीमा तरुण पौडेल, डा. देशराज संयोक्, डा. दीनबन्धु भट्ट, डा.इश्वर श्रेष्ठ, जगदंबा अधिकारी, शृष्टी भट्टराइ, र डा.लेखनाथ अधिकारी चयन हुनु भएको छ ।

अमेरिकामा रहेका नेपाली बैज्ञानिक्, बिज्ञ, र ब्यवसायिक ब्यक्तीहरु संलग्न संस्था युएस नेपाल पोलिसी रिसर्च सेन्टरले अमेरिकामा रहेका नेपाली र नेपालका सन्दर्भमा नितिगत र प्राज्ञिक विषयहरुमा नेपाल र अमेरिकामा काम गर्ने गर्दछ । २०१५ मा स्थापित युएस नेपाल पोलिसी सेन्टरले सिकागो,भर्जिनिया, बोस्टन र सान फ्रान्सिस्को शहरमा बिगतमा वार्शिक सम्मेलन गरेको थियो ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com