ट्रम्पको बेलायत भ्रमणको विरोध प्रदर्शनको तयारी


प्रकाशित मिति : जेष्ठ २०, २०७६ सोमबार

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सोमबारदेखि बेलायत भ्रमण गर्ने भएका छन् । तीनदिने राजकीय भ्रमणका लागि पत्नी मिलानियासँगै उनी बेलायत जान लागेका हुन् । तर, ट्रम्पविरुद्ध बेलायतमा विरोध प्रदर्शनको तयारी भैरहेको छ । एयरफोर्स वनको विमानमार्फत ट्रम्प स्थानीय समयानुसार सोमबार बिहान ९ बजे स्टान्डस्टिड एअरपोर्टमा उनी अवतरण गर्ने बीबीसीले जनाएको छ ।

बेलायत सरकार यतिबेला ट्रम्पको स्वागतमा जुटेको छ । ट्रम्पको भ्रमण भव्य बनाउन विभिन्न कार्यक्रमहरुको तयारी गरिएको छ । यद्यपि, ट्रम्पका विरोधीहरुले विभिन्न स्थानमा उनीविरुद्ध प्रदर्शनको तयारी गरेका छन् । बीबीसीका अनुसार, लन्डन, म्यान्चेस्टर, बेलफास्ट, बरमिंघम र नोटि्टंघमलगायतका स्थानहरुमा ट्रम्पविरुद्ध प्रदर्शनको तयारी भएको बीबीसीको समाचारमा उल्लेख छ ।

टेरिजा मेले प्रधानमन्त्री पदबाट राजीनामाको घोषणा गरेपछि बेलायतमा भावी प्रधानमन्त्रीका लागि दौड सुरु भएको छ । भावी प्रधानमन्त्री को बन्छ भन्ने अझै निक्र्योल भएको छैन ।

यहीबीच अमेरिकी राष्ट्रपति ट्रम्पले बोरिसलाई आफ्नो समर्थन रहेको सार्वजनिक गरेका छन् । दी सनसँग कुरा गर्दै उनले बेलायतको भावी प्रधानमन्त्रीमा बोरिस योग्य भएको बताएका हुन् ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com