गुठीको नामको जग्गा व्यक्तिको नाममा नामसारी गर्न मिल्ने गुठी विधेयक तत्काल स्थगन गर्न माग गरिएको छ। सम्पदाविद्, संस्कृतिविद्, शिक्षाविद्लगायत गुठीसँग सरोकार राख्नेले तत्काल विधेयक स्थगत गर्न माग गरेका छन् । उनीहरूले विधेयकका धेरै प्रावधान सम्पदा, संस्कृति नास गर्ने किसिमका भएको आरोप लगाएका छन् ।
‘यो विधेयक पास भयो भने सम्पदाको विनास गर्छ’, सम्पदाविद् डा. गोविन्द टण्डनले भने, ‘सरकारले गुठीको मर्म नै नबुझि विधेयक आएको छ, यसलाई तत्काल स्थगन गर्नु पर्छ ।’
विधेयकले मठमन्दिर स्थापनामा बन्देज लगाउन सक्ने प्रावधानसमेत राखेको उनले बताए। विधेयकले मूर्त अमूर्त रूपमा गुठीको जग्गा संरक्षण होइन नास गर्ने देखिएको उनको भनाइ थियो । यो समाचार आजको अन्नपूर्ण पोस्ट् दैनिकमा छ ।
के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?
अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।