कपालको स्टाइल हेरेर विवाहित वा अविवाहित छुट्याइन्छ


प्रकाशित मिति : जेष्ठ १९, २०७६ आईतबार

कोही नारीले सिन्दुर र रातो चुरा पोते लगाएको छ भने हामी विवाहित भनी थाहा पाउँछौं । तर म्यानमारको एउटा गाउँमा महिलाको कपालको शैली हेरेर विवाहित वा अविवाहित छुट्याइन्छ ।

मध्य म्यानमारको ये पोटे गी नामक गाउँका बासिन्दाले आफ्नो उमेर जनाउन र विवाह भएका वा नभएका जनाउने गरी कपालको शैली बनाउँछन् । यदि महिलाहरुले अगाडि कपाल राख्छन् भने उनीहरु अविवाहित भन्ने  बुझिन्छ । यहाँका महिलाहरु १८ वर्ष पुगेपछि कपाल कान पछाडि राख्ने गर्छन् ।

यसबाट उनीहरु डेटमा जान तयार भएको बुझाँउछ । यदी कसैले टोउको पछाडी जुरो बाँटेको छ भने विवाह भैसकेको भन्ने थाहा हुन्छ । २ सय वर्षदेखि चल्दै आएको यो परम्परा यहाँअझै कायम छ । एजेन्सी

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com