धुर्मुसको अपिल – अज्ञानवश भएका भुलप्रति क्षमाप्रार्थी छौं, कुनै विषयमा विमति भए वार्ता र छलफलबाट निराकरण गर्न सकिने


प्रकाशित मिति : जेष्ठ १९, २०७६ आईतबार

चितवनमा कलाकार सीताराम कट्टेलले केही दिनअघि चितवनमा रंगशाला निर्माणस्थलमा भएका घटनाका बारेमा आफूहरुले गरेको टिप्पणीप्रति क्षमा मागेका छन् । अन्तर्‍ाष्ट्रिय क्रिकेट रंगशाला निर्माण सुरु गरेका उनले निर्माणस्थलको बार भत्किएपछि आफूहरुबाट भएको टिप्पणीले कसैलाई चोट पुगेको भए क्षमा मागेका हुन् ।

धुर्मुसको अपिल

                            रङ्गशालाका बिषयमा हाम्रो अपिल

नमस्कार, जे नहुनु थियो, त्यो भयो । यो समयमा हामीलाई साथ दिने, सहयोग गर्नुहुने, सहानुभूति प्रकट गर्नुहुने, हौसला प्रदान गर्नुहुने सम्पूर्ण अग्रज ब्यक्तित्वहरु, सहयोगी मनहरु सहित सम्पूर्ण नेपाली दाजुभाइ दिदीबहिनी तथा नेपालीभाषीहरुमा हार्दिक कृतज्ञता ब्यक्त गर्न चाहन्छौं ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

धुर्मुस सुन्तली फाउन्डेसन र भरतपुर महानगरपालिकाबीच सम्झौता भैइ भरतपुरको चितवनमा निमार्णाधीन अवस्थामा रहेको ‘गौतमबुद्ध अन्तर्‍ाष्ट्रिय क्रिकेट रंगशाला’का सम्बन्धमा विभिन्न सञ्चार माध्यममा आएका समाचार साथै ती समाचारमाथिका क्रिया प्रतिक्रियाका बारेमा ध्यानाकर्षण गराउन चाहन्छौं । केही व्यक्तिहरूको अगुवाइमा रंगशालाको घेराबारामा डोजर लगाई गरिएको भौतिक क्षतिप्रति हामी पुनः दुःख व्यक्त गर्दछौँ ।

रंगशालाको डीपीआर आइनसकेको अवस्थामा निर्माण सामग्री सुरक्षा तथा ग्राउण्डको काम साथै केही भौतिक संरचना बनिरहेको अवस्थामा निर्माण स्थल सुरक्षाका लागि ४ महिना अगाडि नै तीनतिर जस्ताले बेरबार गरे पनि सो साइडतिर स्थानीयकै भावनालाई नै मध्यनजर राखेर बेरबार हुन सकिरहेको थिएन । र निर्माण स्थलमा भएका सामाग्रीको सुरक्षाका लागि स्थानीय टोल विकास संस्थाका अगुवा ब्यक्तिहरुको सल्लाह अनुसार र सहमतिअनुसार नै घेराबारा गरिएको थियो । र स्मरण गराउन चाहन्छौं, कृषि तथा वन विज्ञान विश्वविद्यालयले सो ठाउँमा पहिलेनै काँडेतारको बार लगाएको थियो ।

सो भन्दा १ मिटरभित्रबाटै हामीले महानगर र वडालाई समेत जानकारी गराई र महानगरपालिकाले डीपीआर आइसकेपछि मात्रै कुन बाटो फराकिलो बनाउने, कुन बाटो प्रयोगमा ल्याउने निर्णय गरिनेछ र निर्माणस्थल सुरक्षित राख्न, अगाडि बढ्न पत्राचार गरेकै आधारमा स्थानीयको सल्लाह बमोजिम नै जस्ताको बार लगाउन सुरु गरेका थियौं ।

बारको छेउमा कुनै चल्तीको बाटो पनि नरहेको र महानगरपालिका र वडाले यति मिटर बाटो हुनुपर्ने भनेर कुनै पनि निर्देशन नगरिरहेको अवस्थामा भ्रममा परी केही व्यक्तिले उचालेको कारणले जुन क्षति पुग्न गएको छ त्यसप्रति हामी अत्यन्त दुखी भएका छौँ । देश विदेशमा बसेर अघाउँजी नखाइ पसिना बगाइरहेका श्रमशील दाताबाट प्राप्त रकमले निर्माण गरिएको उक्त भौतिक संरचनामा प्रहार गर्दा आज कसैको जीत नभएको र दाताको पसिनाको अपमान भएको हामीले महसुस गरेका छौँ । खेलप्रेमी व्यक्ति एवम् खेलाडीहरूका मनमा चोट लागेको कुरा अनुभव गरेका छौँ ।

हाम्रो कसैप्रति कुनै पूर्वाग्रह पनि छैन र रहने पनि छैन । मानिसबाट कहिलेकाहीँ कमजोरी हुन्छन् हामी स्वीकार गछौँ । कमजोरी भए सच्याएर अगाडि बढ्ने कुरामा पनि प्रतिबद्ध छौँ । अहोरात्र खटिरहँदा सहयोगी मनहरुको रगत र पसिनामाथी डोजर चल्दा जो पनि आक्रोशित हुनु स्वभाविक हुन्छ ।

हामीले आक्रोशमा आएर अन्जानमा केही गलत बोलेको भए वा कसैमाथि ठेस पुगेको भएमा हामी क्षमाप्रार्थी छौं । जसले घटना घटायो, हाम्रो अभिब्यक्ति उसमा मात्र लक्षित हो । स्थानीय प्रति हाम्रो केही गुनासो छैन । साथै काम गर्दै जाने क्रममा हामीबाट पनि कुनै त्रुटि भएका हुन सक्छन् । उद्देश्य पवित्र राख्दाराख्दै पनि कसैको मनमा चोट लागेको हुनसक्छ । अज्ञानतावश भएका त्यस्ता भुलप्रति हामी क्षमाप्रार्थी छौँ । मानिस हरेकको विचार भिन्न रहने भएकाले हामीसँग कसैको फरक मत पनि हुन सक्छ ।

हामी त्यसको पनि सम्मान गर्दछौँ । कुनै विमति भए वार्ता र छलफलबाट निराकरण गर्न सकिन्छ । विध्वंस कुनै पनि कुराको निकास हैन हामी यसमा विस्वस्त छौँ । विनास र विध्वंसमा लाग्ने ऊर्जालाई विकासमा लगाउन अनुरोध पनि गर्दछौं । हामीले निजी स्वार्थ राखेर यो काम गरेका हैनौ । यदि कसैमा यसको बुझाइ फरक परेको भए यो देशको गौरव र धेरै नेपालीको भविष्यसँग गाँसिएको विषय हो भन्ने कुरा बुझाउन चाहन्छौँ ।

हामीले त्यति धेरै गरीवका घर, पीडितका बस्ती बनाईरहँदा केही भूमिहीनहरुलाई जग्गा खरिद गरेर समेत एकीकृत नमुना बस्ती बनाएर आएका अभियन्ता भएको हुनाले कसैको घर ध्वस्त पार्ने, जग्गा रित्याउने र कसैलाई सुकुम्वासी बनाउने बिल्कुलै मनसाय होईन् । कसैको घर जग्गा बाटोमा जान्थ्यो भने पहिलो आवाज उठाउने ब्यक्तिनै हामी हुन्थ्यौं ।

सो ठाउँमा रङ्गशालाकै कारणले कसैको जग्गा जाने, कसैको घर उठिवास हुने अवस्था पनि छैन । र हाम्रो संकल्प कसैलाई सुकुम्बासी बनाउन, नकारात्मक प्रभाव पार्ने उद्देश्यले नभएर सबैको हितलाई केन्द्रमा राखेर यो काम आँटेका हौं । काममा बाधा व्यवधान नाऔने हो भने हामी भनेकै मितिमा पूरा गर्न सक्नेछौं । ज्ञानबस वा अज्ञानतावश जसले यो गल्ती गरेको भए पनि आगामी दिनमा नगरिदिनुहुन अनुरोध गर्दछौं । रंगशालाको पक्ष र विपक्ष भएर एुटै परिवारका हामी सबै नेपाली विभाजन नभैदिन र अनावश्यक झैझगडामा नलागीदिन हामी सबैमा आग्रह गर्दछौं ।

अन्त्यमा, जे नहुनु थियो त्यो भयो । अब त्यसमा पछुतो, वादविवाद र टिकाटिप्पणी गरेर घटनालाई गिजोल्ने गरेर समय व्यतित गर्नुभन्दा आगामी दिनमा यस्तरी कसैको पसिनाको अपमान हुने र अरु कसैको नोक्सानी हुने काममा नलागीदिन र अभियानको अभियान्ता बनिदिनुहुन पनि हामी सम्पूर्णमा आह्वान गर्दछौँ ।

साथै स्थानीय महानुभावहरुले हामीलाई बार लगाइदिने र काम सुचारु गर्न वातावरण तयार गर्ने प्रतिबद्धता जनाइसक्नु भएकाले गर्दा स्थानीय महानुभावहरु, भरतपुर महानगरपालिका साथै नेपाल सरकारलाई छिटो भन्दा छिटो रङ्गशालाको काम अगाडि बढाउन अनुकुल बातावरण सिर्जना गरिदिनुहुन अनुरोध गर्दछौं । सो भएमा हामी चाँडै पहिले जस्तै काममा फर्किने पनि जानकारी गराउन चाहन्छौं ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com