टेरिया मगरलाई सरकारले सम्मान गर्ने


प्रकाशित मिति : माघ २२, २०७३ शनिबार

रक्षामन्त्री बालकृष्ण खाँणले झलक टेरिया फौजा मगरलाई शान्तिदुत र राष्ट्रिय प्रतिभाको रुपमा घोषण गर्नको लागि मन्त्रीपरिषदमा कुरा राख्ने बताएका छन् ।

शनिबार रिपोर्टर्स क्लब नेपालमा टेरिया मगर फाउण्डेशनले आयोजना गरेको धन्यवाद तथा आभार प्रटक कार्यक्रममा बोल्दै मन्त्री खाँणले नेपाल र नेपालीको सिरउच्च पार्नेजस्तो महत्वपूर्ण काम गरेकोमा टेरियालाई राष्ट्रिय प्रतिभाको रुपमा घोषणा गर्नको लागि मन्त्रीपरिषदमा कुरा राख्ने बताएका हुन्।

मन्त्रि खाँणले भने,‘टेरियाले सानै उमेरमा देशको लागि ठुलो योगदान दिएकी छिन्, उनको योगदानले नेपाल र नेपालीको सिर उचो बनाएको छ, भावि पुस्ताको लागि अनुकरणीय र वर्तमान स्थितिका वालबालीको लागि आर्दशको रुपमा टेरिया अघि आएकि छिन्, टेरियाको ईच्छा चाहाना र आवश्यकता पुरा गर्न सरकार जहिले पनि सकारात्मक छ, टेरियाको योगदानको उच्च कदर गर्दछ, मैले टेरियाको सफलता र टेरियासँग जोडिएको नेपालीपनलाई सरकारसामु राख्नेछु, जसले आगामी दिनमा टेरियालाई अघि बढ्ने हौसला मिल्नेछ।’

उनले भने,‘रङ्गमञ्चको दुनियाँबाट मनिषा कोईरालाले जसरी नेपाल नेपालीलाई चिनाएकी छिन् त्यो भन्दा बिशाल नाम राख्न टेरिया सफल बन्नेमा बिश्वस्त छु, यो सुरुवात हो, टेरियाले धेरै गर्नसक्ने देख्छु, यो प्रगतिमा हामी नेपालीको साथ छ।’

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

टेरिया फाउण्डेशनकी संरक्षक तथा भारतीय टेलिभिजन च्यानल कलर्सबाट प्रसारण हुने कार्यक्रम ‘झलक दिखला जा’को बिजेता टेरिया फौजा मगरले आफ्नो क्षमताले मात्रै बिजेता नबनेको बताएकी छिन्। उनले भनिन्,‘मेरो क्षमता त छदै थियो, त्यतिले मात्र म सफल बनेकि होईन्, देश तथा बिदेशमा रहेका तमाम नेपालीहरूको भोटिङ्को अमुल्य सहयोगले म सफल भएकी हुँ।

उनले फरक प्रसँगमा आफुलाई नेपालमा किन बस्दिनन् भनेर कुरा चलिरहेकोले आफू जहाँ भएपनि नेपालको काम गर्ने बताईन्।

उनले अघि थपिन्,‘म नेपालमा बसेर केही काम गरे भनें टेरिया नामले मात्रै चिनिन्छु, यदि म बाहिर बसेर सानो प्रगति गरें भने पनि नेपालकी टेरियाले यस्तो गरिन भनेर आउँछ, त्यसैले म जहाँ बसेपनि नेपाल र नेपालीहरुको लागि काम गर्नेछु।’

बागेश्वरी कला केन्द्रका संस्थापक सुरेश सेन्चुरीले बागेश्वरी कला केन्द्रबाट नृत्य सिकेकी टेरियाले आज विश्वमा नेपालको नाम चिनाउन सफल भएकोमा खुशी व्यक्त गरे । कार्यक्रममा सांसद आदित्यनारायण कंसुधर,फाउण्डेशनका अध्यक्ष कृष्ण फौजामगर लगायतले टेरियाको प्रगती र भावि भबिष्यको बारेमा आफ्ना कुरा राखेको थिए ।

 

 

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com