अमेरिकाले नेपालसँग रक्षा क्षेत्रमा सहकार्य बढाउने


प्रकाशित मिति : जेष्ठ १८, २०७६ शनिबार

नेपाललाई इन्डोप्यासिफिक रणनीतिमा आबद्ध गराउन प्रयासरत अमेरिकाले हालै सार्वजनिक एक रिपोर्टमा नेपालसँग रक्षा सम्बन्ध विस्तार गर्ने विषय समेटेको छ । अमेरिकाको रक्षा विभागद्वारा जारी सो रिपोर्टमा इन्डोप्यासिफिक रणनीतिअन्तर्गत नेपालसँगको रक्षा सम्बन्धलाई बढाउन खोजेको उल्लेख छ ।

अमेरिकाले मानवीय सहायता र विपद् व्यवस्थापन, शान्ति स्थापना, सुरक्षा व्यवसायीकरण, प्रतिविद्रोहलगायत क्षेत्रमा नेपालसँग रक्षा सम्बन्ध सम्बन्ध विस्तार गर्ने जनाएको छ ।

नेपाल र अमेरिकाबीचको बढ्दो रक्षा साझेदारीका रुपमा २०१८ जुनमा आयोजित युएस आर्मी प्यासिफिकको नेतृत्वको ‘ल्याण्ड फोर्स टक’ र नेपालसँग भएको उच्चस्तरीय सैन्य संवादलाई लिन सकिने रिपोर्टमा उल्लेख छ । यो समाचार आजको नागरिक दैनिकमा छ ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com