खानेपानी नभएपछि ४५ परिवार बसाइँ सर्न बाध्य


प्रकाशित मिति : जेष्ठ १८, २०७६ शनिबार

पूर्वी पहाडी जिल्ला संखुवासभाका विभिन्न ठाउँमा खानेपानीको चरम अभाव भएपछि बसाइँ सर्ने क्रम बढेको छ । खानेपानीको हाहाकार भएपछि जिल्लाका तीन स्थानीय तहका ४५ घरपरिवार बसाइँ सरेका छन् ।

खानेपानी अभावकै कारण पाँचखपन नगरपालिकामा–१० चैनपुर नगरपालिकामा १० र धर्मदेवी नगरपालिकामा २५ घरपरिवार बसाइँ हिँडेका हुन् । धर्मदेवी नगरपालिकाको ७ र ८ नम्बर वडाबाट मात्रै २५ घरपरिवार बसाइँ सर्न बाध्य भएका छन् । वडा नम्बर ७ बाट १५ र वडा नम्बर ८ बाट १० घरपरिवार दुई वर्षमा बसाइँ सरेको ७ नम्बरका वडाध्यक्ष भोलामान श्रेष्ठले बताए ।

श्रेष्ठका अनुसार, ७ नम्बर वडाभित्रका कुवापानी, आहाले, मालवासेलगायत गाउँमा खानेपानीको चरम अभाव छ । त्यस्तै, ८ नम्बर वडाका खाल्चे, पाडरे, जागिर गाउँ, कुडुले फापलिङलगायतका गाउँमा पनि खानेपानी छैन । यो खबर आजको नयाँ पत्रिका दैनिकमा छापिएको छ ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com