यातायातकाे सिण्डिकेट हटाउने कुराे, ५ दर्जन समिति मात्रै कम्पनीमा


प्रकाशित मिति : जेष्ठ १८, २०७६ शनिबार

यातायात व्यवसायी महासंघले कम्पनीमा जान ह्वीप जारी गरेको १० दिनमा करिब ५ दर्जन समिति मात्रै कम्पनीमा दर्ता भएका छन्।

कम्पनी रजिष्ट्रारको कार्यालयका उपरजिष्ट्रार रवीन्द्र आचार्यले शनिबार दिएको जानकारीअनुसार करिब ५ दर्जन व्यवसायी मात्रै कम्पनीमा दर्ता भएका छन्।

‘हामीले राति १२ बजेसम्म पनि काम गर्ने भनेको छौं। हालसम्म ५ दर्जनको हाराहारीमा यातायात समितिहरु कम्पनीमा दर्ता भएका छन्’, उनले भने, ‘रातिसम्म उहाँहरुले चासो देखाउनु भयो र कागजात तयार गरेर आउनु भयो भने अझैं १०/१२ वटासम्म दर्ता गर्न सक्छौं।’

शनिबार बिदाको दिन पनि सबै कर्मचारी आएर काम गरिरहेको बताउँदै उनले व्यवसायीकै ढिलाइका कारण धेरै समिति कम्पनीमा दर्ता नभएको बताए। ‘यातायात कार्यालयबाट आएको सिफारिसका आधारमा हामीले सहज र सरल तरिकाले दर्ता गरेका छौं।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

तर उहाँहरुको एउटै कम्पनीमा हजारौं शेयर सदस्य हुने, सबै जम्मा हुन पनि समय लाग्ने, कागजात लगायत प्रक्रिया पुर्याउनै समय लाग्ने भएकोले धेरै समिति दर्ता हुन सकेनन्।’ उनले भने, प्रक्रिया पुर्याएर आएका जति कसैलाई पनि हामीले फिर्ता पठाएका छैनौं।’ राति १२ बजेसम्म प्रक्रियामा आएका समितिहरुलाई आइतबार तीन बजेसम्म दर्ता गरिने उनले जानकारी दिए। याे खबर आजकाे नागरिक दैनिकमा छ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com