Follow @khasokhasmag

नेपालमा नयाँ रोगको सन्त्रास, जोखिम न्यूनीकरणमा सरकार उदासीन


प्रकाशित मिति : जेष्ठ १७, २०७६ शुक्रबार

नेपालमा नयाँ र जटिल प्रकृतिका रोगको प्रकोप बढ्दै गएको छ । पछिल्लो १५ वर्षको अवधिमा नेपालमा चार प्रकृतिका नयाँ रोगको प्रकोप बढ्दै गएको हो । नयाँ रोगको जोखिम बढेसँगै सर्वसाधरणमा त्रास बढ्न पुगेको छ ।

प्रकोप बढ्नेमा चिकेनगुनिया, स्क्रब टाइफस, डेंगु र बर्डफ्लु रहेका छन् । यी रोगबाट झन्डै २ हजार ५ सय नागरिक प्रभावित भएको ईपीडीमियोलोजी तथा सरुवा रोग नियन्त्रण महाशाखाले जनाएको छ । ती रोगको प्रकोप बढ्दै गए पनि सरकारले यसको नियन्त्रणमा खासै चासो देखाएको छैन ।

चिकित्सकका अनुसार ती रोग अत्यन्तै जोखिम प्रकृतिका छन् । मानिसको आवतजावत, मौसम परिवर्तनका कारण यस्ता रोग फैलँदै गएको महाशाखाका निर्देशक डा. विवेककुमार लालले बताए । उनले भने, ‘मौसम परिवर्तनकै कारण तराईमा देखिने रोग उच्च पहाडमा देखिन थालेका छन्, मानिसको आवतजावतले पनि यस्ता रोग भित्रिने गरेका छन् ।’

महाशाखाको पछिल्लो तथ्यांकनुसार डेंगुबाट २ हजार १११, स्क्रब टाइफसबाट ३ सय र चिकेनगुनियाबाट १२ जना प्रभावित भएका छन् । ती रोग नियन्त्रणबाहिर छन् । केही रोगको खोज नै नहुँदा कति प्रभावित भए भन्ने आँकडासमेत आउन नसकेको बताइएको छ ।

त्यसैगरी, बर्डफ्लुसमेत मुलुकमा पटकपटक देखिने गरेको छ । पछिल्लो समय मुलुकमा फैलिएको बर्डफ्लुबाट पहिलोपटक एक युवकको मृत्यु भएको थियो । २१ वर्षे एक युवाको बर्डफ्लु भाइरसका कारण मृत्यु भएको पुष्टि स्वास्थ्य मन्त्रालयले गरेको थियो । यो खबर आजकोराजधानी दैनिकले छापेको छ ।

KHASOKHAS EDITORIAL TEAM

Editor-in-Chief : Kishor Panthi
Deputy Editor-in-Chief : Ashmita Khadka
Executive Editor : Anil Adhikari
English Editor: Rajan Thapaliya
Editor: Deepak Pariyar
Editor (Business/US Politics) : Suresh Shahi
Multimedia Editor/Presenter : Kiran Marahatta
Europe Editor: Hari Krishna Panthi
Online Editors: Susan Shrestha, Suraj Ghimire, Bikram Khatri, Aashish Khanal, Dikshya Panthi
Chief Photographer: Dipendra Dhungana
Editor (Empowerment) : Sapana Pariyar

KHASOKHAS TEAM

Int. Representative: KP Neupane(Jackson)
Resource Person: Bishwa Bahadur Shah
Goodwill Ambassador: Yam Baral

Contact Us

© 2021 KHASOKAHS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com