विश्व कप क्रिकेट २०१९ : वेष्टैण्डिजको पाकिस्तानमाथि शानदार जित


प्रकाशित मिति : जेष्ठ १७, २०७६ शुक्रबार

वेष्टइण्डिजले आइसीसी विश्व कप क्रिकेट २०१९ धमाकेदार जितका साथ शुरुआत गरेको छ । शुक्रबार नाटिंघमको ट्रेन्टब्रिज पीचमा वेष्टइण्डिजले पाकिस्तानलाई ७ विकेटले पराजित गर्दै शानदार शुरुआत गरेको हो ।

इण्डिजको जितमा बलिंग र ब्याटिंगबाट क्यारेवियन खेलाडीले पाकिस्तानको पोल खोलिदिए । टस जितेर पहिला ब्याटिंगका लागि पाकिस्तानलाई निम्तो दिएको वेष्टइण्डिजले पाकिस्तानलाई २१ ओभर ४ बलमा १०५ रनमै समेट्यो । जवाफी ब्याटिंग गरेको वेष्टइण्डिजले १३ ओभर ४ बलमा ३ विकेट गुमाएर लक्ष्य पूरा गरेको थियो ।

झिनो लक्ष्य पाएको वेष्टैण्डिजका लागि विष्फोटक ब्याट्सम्यान क्रिस गेलले तुफानी इनिंग खेले । उनले ३४ बलमा ५० रन बनाए । यस्तै निकोलस पुरनले पनि विष्फोटक ब्याटिंग गरे । उनले नटआउट १९ बलमा ३४ रन बनाए ।पाकिस्तानका लागि मोहम्मद आमीरले तीन विकेट लिए ।

यसाघि पाकिस्तानलाई सस्तैमा आउट गर्न उसेन थोमसले ४ विकेट लिए भने कप्तान जेसन होल्डरले ३ विकेट लिए । यस्तै आन्द्रे रसेलले दुई विकेट लिए । एक विकेट एसएस कट्रेलको नाममा रह्यो । पाकिस्तानका ६ ब्याट्सम्यान सिंगल डिजिटमा आउट भए भने एकजना शून्यमा आउट भए । सर्वाधिक स्कोर २२ रह्यो । फकर जमान र बाबर आजम दुबैले २२–२२ रन बनाए । जितसँगै वेष्टैण्डिजले अंक तालिकामा २ प्वाइन्ट जोडर शीर्ष स्थानमा कब्जा गरेको छ । उसको नेट रनरेट ५.८०२ रहेको छ ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com