न्युरो सर्जन डा. यमबहादुर रोकाका १०८ कविता, कवितामा राजनीति, समाज, दर्शन र प्रेम


प्रकाशित मिति : १७ जेष्ठ २०७६, शुक्रबार

डा. यमबहादुर रोका पेसाले न्युरो सर्जन हुन् । विराटनगरमा कहलिएका यी डाक्टरले अब परिचय बदलेका छन्– कवि रोका बनेर । उनको पहिलो कविता कृति ‘वान हन्ड्रेड एट पोइम्स’ को पहिलो शृंखला बिहीबार राजधानीमा विमोचन गरिएको छ ।

पत्रकार सम्मेलन ढाँचामा गरिएको विमोचनका प्रमुख वक्ता उनी नै थिए । उनले सानैदेखिको आफ्नो कविता लेखनको सौखलाई यथार्थमा बदलेको बताए । कितावको विमोचन कविकी आमा मेनकुमारी रोकाले गरिन् । उनले आफ्नो डाक्टर छोराले अंग्रेजी कविता लेखेको पाउँदा आफू गदगद भएको बताइन् ।

‘कविता दिमागले होइन, मनले लेखिन्छ’, डा. रोकाले भने, ‘उपचारपछिको सन्तुष्टि, विरामीको अनुहारको मुस्कानजस्ता अवस्था कविताका मलिला वातावरण हुन् ।’ उनले १०८ को सम्बन्ध विभिन्न धर्म हुँदै विज्ञानसम्म भएकाले आफूले पहिलो माला उनेको बताए । यही नामको चार शृंखलामा पुस्तक निकाल्ने आफ्नो योजना पनि उनले सुनाए । उनले कवितामा राजनीति, समाज, दर्शन, प्रेमजस्ता विविधतायुक्त पाटो समेटेका छन् ।

पुस्तक पिस बुक प्रालिले प्रकाशन गरेको हो । अध्यक्ष पार्वती भण्डारीले प्रकाशनको ‘बोहोनी’ डाक्टरको अंग्रेजी कविताबाट गर्न पाएकामा खुसी व्यक्त गरिन् । साथै, पिस बुकलाई मूलधारमा तीव्रतासाथ लैजाने घोषणा पनि गरिन् ।

लेखनकुञ्जका अध्यक्ष कमल ढकालले डाक्टर साहित्यमा आउनु यस क्षेत्रका लागि गर्वको विषय रहेको बताए ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com