देशका धेरै भु-भागमा मेघ गर्जन, हावा हुरीसहित वर्षा हुने


प्रकाशित मिति : जेष्ठ १६, २०७६ बिहीबार

शुक्रबार देशका पूर्वी र मध्य भु-भाग लगायत र पश्चिमि पहाडी भू-भागमा आंशिकदेखि सामान्य वदली रही बाँकी भूभागमा मौसम सामान्यतया सफा रहने मौसम पुर्वानुमान महाशाखाले जनाएको । तर मध्य पूर्व र पश्चिमका केहि स्थानमा साथै पश्चिमी पहाडी भेगका थोरै स्थानहरुमा मेघ गर्जन, हावा हुरीसहित वर्षा हुने महाशाखाको पूर्वानुमान छ ।

त्यस्तै साँझपख पनि मध्य र पुर्वका धेरै स्थान र पश्चिमका केहि स्थानमा मेघ गर्जन र हावाहुरीसहित पानी पर्ने सम्भावना रहेको छ । पूर्वी र मध्य भु-भाग लगायत र पश्चिमि पहाडी भू(भागमा आंशिक देखि सामान्य वदली रही बाँकी भूभागमा मौसम सामान्यतया सफा रहने छ ।

पछिल्लो २० घन्टामा काठमाडौं उपत्यकामा ५ दशमलव ५ मिलीमिटर पानी परेको महाशाखाले जनाएको छ। काठमाडौ उपत्यकाको न्युनतम तापक्रम १६ दशमलव ४ डिग्री सेल्सियस मापन भएको छ। दिउँसो तापक्रम बढेर २९ देखि ३० डिग्री सेल्सियस पुग्ने महाशाखाको अनुमान छ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com