१० वर्षपछि काली मार्सी


प्रकाशित मिति : जेष्ठ १६, २०७६ बिहीबार

धान फल्ने विश्वकै अग्लो ठाउँ भनेर चिनिन्छ, छुमचौर । पाताराशि गाउँपालिकाको यो गाउँमा काली मार्सी धान उत्पादन हुन्छ । यार्सा टिप्ने र धान रोप्ने समय सँगसँगै पर्दा पछिल्लो समय धान खेत बाँझै रहन्थ्यो ।

यसले काली मार्सी धानै लोप हुने अवस्था आयो । गाउँपालिकाले उपाय निकाल्यो–किसानका लागि प्रोत्साहन कार्यक्रम । एक दशकपछि यसपालि छुमचौर ज्युलो (फाँट) मा काली मार्सी धान रोपिएको छ ।

धान खेतीमा धेरै मेहेनत गर्नुपर्ने तर उत्पादन कम हुने भएकाले पनि किसानले रोपाइँ गर्न छोडेका थिए ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com