दैनिक एक सय रुपैयाँ वृद्ध भत्ता


प्रकाशित मिति : जेष्ठ १५, २०७६ बुधबार

सरकारले आगामी आवको बजेट वक्तव्यमार्फत सामाजिक सुरक्षा भत्ता एक हजार रुपैयाँ बढाएको छ।

प्रतिनिधिसभामा आगामी आवको बजेट घोषणा गर्दै अर्थमन्त्री डा‍‌‍ युवराज खतिवडाले वृद्ध भत्ता लगायत सामाजिक सुरक्षा भत्ता १ हजार वृद्धि गरी तीन हजार रुपैयाँ पुर्याउने निर्णय गरेको जानकारी दिए।

हाल मासिक रुपमा वृद्धवृद्धालाई २ हजार रुपैयाँ दिइँदै आएकोमा आगामी आवदेखि भने त्यसमा एक हजार रुपैयाँ थप हुने भएको छ। सामाजिक सुरक्षा भत्ता सबै १ हजारका दरले बढ्ने अर्थमन्त्रीले जानकारी दिएका हुन्।

त्यस्तै एकल महिलाका लागि दिइँदै आएको भत्तामा पनि १ हजारले बृद्धि भएको छ। यसअघि एकल महिलाले १ हजार रुपैयाँ पाउँदै आएका थिए।

त्यस्तै ७० वर्षमाथिका नागरिकलाई उपचारको क्रममा १ लाखको बीमालाई यथावत राखिएको छ।

उनले यसबाट १३ लाख लाभान्वित हुने जानकारी दिए।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com