सुनिता थामीको हत्या , घटना रहस्यमय बन्दै (भिडियोसहित)


प्रकाशित मिति : जेष्ठ १५, २०७६ बुधबार

सपना थामी/ काठमाडौं बसुन्धराका होटल व्यवसायी सुमित मैनालीको घरमा सुनिता थामीको रहस्यमय मुत्यू भएको छ । घरेलु कामदारको रुपमा काम गर्र्दै आएकी सुनिताको थामीको शव मैनालीको घरको कौशीको पानी ट्याङ्कीमुनी झुण्डिएकोे अवस्थामा भेटिएको हो । होटेल संचालक सुमितले आत्महत्या भनेपनि हत्या नै भएको आफन्तले दाबी गरेका छन् ।

बसुन्धराका होटेल संचालक सुमित मैनालीको घरमा कामदार रहेकी सुनिता थामीको मत्यू भएको रहस्य खुलेको छ । मैनाली घरमै सुनिता झुण्डिएको अवस्थामा भेटिएकी थिइन् । तर सुनिता के कसरी त्यस्तो अवस्थामा मृत भेटिइन् घटना झनै रहस्यमय बनेको छ । मृतक सुनिताको आमाबाबाले जेठ ११ गते थाहा पाएका थिए ।

तर, घटनास्थलमा लाश कहिले झुण्डिएको हो ? यो अझै रहस्य पर्दाभित्रै छ । सुनिता विगत करिब ४ वर्ष देखि मैनालीको घरमा कामदारको रुपमा थिइन् । ११ गते सो घटना थाहा पाउनासाथ सुनिताको आमाबाबा पहिलोपटक काठमाडौं आए । तर, तीन दिनसम्म पनि मृतकका आफन्त र घरधनी मैनालीबीच प्रत्यक्ष कुराकानी हुन दिइएन ।

चौतर्फी दबावपछि मंगलबार घरधनी सुमित मैनाली र मृतकसुनिताको आफन्तबीच घटनाको विषयमा कुराकानी भएको छ । मैनालीको घरमा सुरक्षाकर्मी राखिएको छ र मिडिया लगायत अन्यलाई घरभित्र प्रवेशमा समेत रोक लगाईएको छ । यसले झनै घटनालाई थप रहस्यमय बनाएको छ । घटनालाई ढाकछोप गर्न बालगोपाल शिवाकोटी भन्ने व्यक्तिले दोहोरो तेहेरो भाषा बोलेको बाटै प्रष्ट हुन्छ,हेर्नुस् उनी घटनाबारे यस्तो प्रतिक्रृया दिन्छन् ।

घटना थाहा पाउनासाथ काठमाडौं आएका मृतकका आफन्त जब मैनालीको घरमा पुगेका थिए, उनीहरुसँग राम्रोे व्यवहार गरिएको थिएन । लासको बारेमा बुझ्न खोज्दा आफन्तहरुलाई पनि घरभित्र जान दिईएन र उल्टै प्रहरी बल र लाठीचार्ज गरेर मृतकका आफन्तहरुलाई मैनालीको घरबाट लखेटिएको थियो ।

आफ्नो छोरीको लास कहाँ लगेको छ ? भन्ने जानकारी समेत आमाबाबालाई थिएन । र न्यायको लागि आफ्नै गृहजिल्लाबाट पहल गर्ने उद्येश्यका साथ १२ गते मृतकका आमा बाबा तथा आफन्तहरु दोलखा नै प्रस्थान गरेका थिए । दोलखाका प्रहरीहरुले घटना घटेको क्षेत्रमा घटना दर्ता गर्नुपर्छ भनेपछि पुनः मृतक पक्षले महानगरीय प्रहरी वृत्त महाराजगञ्जमा १३ गते घटनाको जाहेरी दिएका हुन् । दबाबपछि १३ गते नै पोष्टमार्टमको लागि प्रहरीले महारागञ्ज शिक्षण अस्पताललाई निवेदन दिएको हो ।

दबाब पश्चात् अस्पतालमा शव बुझ्न पाएका मृतकका आमाबाबाले सुनिताको अनुहारमा निला डाम रहेको, नाकबाट रगत निस्किएको अवस्थामा रहेको बताएका छन् । घटना भएको ठाउँमा पानी ट्याङ्कीको उचाई लगभग ६ फिटको मात्रै छ । जहाँ झुण्डिएर आत्महत्या गर्नै सकिदैन । तर सोही ठाउँमा घाँटीमा कपडाले बेरिएको, खुट्टा दोब्रिएको र हातले पनि भुँई छोईरहेको अवस्थामा सुनिताको लास भेटिएको थियो ।

जहाँ ठाउँ–ठाउँमा रगत पनि जम्मा भएको थियो । मृतक सुनिताको कोठा यस्तो थियो छ कि, जहाँ एउटा थोत्रो कार्पेट पनि ओछ्याईएको छैन । कोठाभित्र पानीको ईनार पनि छ । यस्तो अस्वस्थ वातावरणमा करिब साढे ३ वर्षदेखि बालश्रम र हिंसा सहेर कसरी बसिन् ? चरम श्रमशोषणमा परिन् ।

यस घटनालाई हेरिरहेका महानगरीय प्रहरी वृत्त महाराजगञ्जका प्रहरीनिरीक्षक रविराज थपलियाले पनि यस घटनाबारे खुलेर बोल्न चाहेनन् । लासको अवस्था बुझ्दा अवस्थाबारे सबै कागजपत्रमा लेखिएको भनेर नै उनले टारे । यदपी घटनाको छानबिन प्रक्रिया अगाडि बढ्ने विषयमा आश्वासन भने दिएका छन् ।।

मृतक सुनिताको पारिवारिको आर्थिक अवस्था निकै कमजोर छ । जाहेरी दिन दोलखा गएका उनीहरु दोलखाले पुनः काठमाडौं नै पठाएको हो । काठमाडौंमा कहाँ बस्ने, के खाने भन्ने समस्याले मृतकको परिवारलाई थप अप्ठ्यारेमा पारिरहहेको छ । तर देशमा भने छिटो र छरितो रुपमा पिडितलाई न्याय दिन सक्ने वातावरण छैन । तसर्थ, बाल श्रम शोषण गरी, शंकास्पद मृत्यु भएका सुनिताको सत्य, तथ्य खोजी गरि दोषीलाई कानुनको दायरामा उभाउन सम्बन्ध्ति सबै तर्फबाट गम्भिर भएर लाग्न आवश्यक छ ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com