Follow @khasokhasmag

मेलम्ची खानेपानी आयोजनालाई सात अर्ब ३९ करोड


प्रकाशित मिति : जेष्ठ १५, २०७६ बुधबार

राष्ट्रिय गौरवको आयोजना मेलम्ची खानेपानी आयोजनालाई आगामी आर्थिक वर्षभित्र सम्पन्न गरिने भएको छ । अर्थमन्त्री डा युवराज खतिवडाले आज सङ्घीय संसदको संयुक्त बैठकमा पेश गरेको आव २०७६/७७ को बजेट प्रस्तुत गर्दै उहाँले मेलम्ची आयोजनालाई रु सात अर्ब ३९ करोड बजेट विनियोजन गरिएको जानकारी दिनुभयो ।
यस्तै सोही आयोजनाको दोस्रो खण्डको समेत प्रक्रिया शुरु गरिने भएको छ । इटालीको ठेकेदार कम्पनी सिएमसीले अलपत्र पारेको सो आयोजनालाई सरकारले हालै मात्र नयाँ प्रक्रिया शुरु गर्ने निर्णय गरेको छ । निर्माण व्यवसायीले तोकिएको समयमा नै काम गरेको भए सो आयोजना हाल सञ्चालनमा आइसक्ने थियो ।
गत माघदेखि अलपत्र सो आयोजनालाई अगाडि बढाउन केही दिनअघिको मन्त्रिपरिषद्को बैठकले आवश्यक निर्णय गरेको थियो । यस्तै साना तथा मझौला खानेपानी आयोजना सम्पन्न गर्ने गरी बजेटको व्यवस्था गरिएको छ ।

KHASOKHAS EDITORIAL TEAM

Editor-in-Chief : Kishor Panthi
Deputy Editor-in-Chief : Ashmita Khadka
Executive Editor : Anil Adhikari
English Editor: Rajan Thapaliya
Editor: Deepak Pariyar
Editor (Business/US Politics) : Suresh Shahi
Multimedia Editor/Presenter : Kiran Marahatta
Europe Editor: Hari Krishna Panthi
Online Editors: Susan Shrestha, Suraj Ghimire, Bikram Khatri, Aashish Khanal, Dikshya Panthi
Chief Photographer: Dipendra Dhungana
Editor (Empowerment) : Sapana Pariyar

KHASOKHAS TEAM

Int. Representative: KP Neupane(Jackson)
Resource Person: Bishwa Bahadur Shah
Goodwill Ambassador: Yam Baral

Contact Us

© 2021 KHASOKAHS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com