धुर्मुसको रंगशालामा स्थानीयले डोजर चलाइ भत्काएपछि भाबुक हुदै धुर्मुसले दुख पोखे ( भिडियो सहित )


प्रकाशित मिति : जेष्ठ १५, २०७६ बुधबार

धुर्मुस सुन्तली ले निर्माण गर्दै गरेको गौतम बुद्ध अन्तराष्ट्रिय रंगशाला स्थानियले डोजर लगाएर भत्काएका छन् । यसै क्रममा सिताराम कट्टेल धुर्मुसले निकै दुखित हुदै आफुले देखेर पनि केही गर्न नसकेको बताए । यी रसाएका आँखा को मात्र हैन,परदेशमा रगत बगाउने लाखौँ युवाको पसिना हो । डोजरले जस्तापाताको बार हैन हामी नेपालीको मन भत्काउन लगाईएको धुर्मुसले बताए। बुधबार विहान डोजरसहित आएका केही व्यक्तिले जस्तापाताले लगाएको बार भत्काइदिएका हुन् । बार भत्काउने क्रममा उनीहरुले धुर्मस–सुन्तली फाउण्डेशनका कर्मचारीहरुलाई धम्कीसमेत दिएका थिए ।

धुर्मुसले दुखि हुदै आफुले बनाउदै गरेको रंगशालाको बार भत्काइदिएको बताएका छन्। रंगसालाको झण्डै एक किलोमिटर जति लामो बार भत्काइएको थियो।केहि अराजक तत्वका कारण आफ्नै आखा अगाडी रंगशाला निर्माण स्थलमा भएको घटनालाई निकै दुखदायी र कारुणिक घटनाको संज्ञा दिएका छन्। आफुले देशका लागि काम गर्दै रहदा यस अघि पनि बस्ति निर्माणका क्रममा यस्ता दुखादाई घटना र धम्की जस्ता समस्या झेल्दै आएको भन्ने उनले बताए। आबस्यक परे सामान्य कुरामा आपसी कुरा बाट सुल्झाउन सकिने हुदा हुदै डेढ सय जना जति स्थानिय मिलेर डोजर चलाइदिएको भन्ने दुख धुर्मुस ले पोखेका छन्। विदेशबाट दुख गरेर नेपाली दाजुभाइ कमाएर पठाएको पैसालाई पानिमा खन्याउने काम भएको भन्दै धुर्मुसले निकै भाबुक हुदै दुख पोखे।

उनीहरुले रंगशाला निर्माणको लागि लगाइएको जस्ताको बार मात्रै नभई कृषि तथा वनविज्ञान विश्वविद्यालयले लगाएको तारको जालीसमेत भत्काएका छन् । त्यस वरपरका रुखहरू ढलाएका छन् । ती व्यक्तिहरुले झण्डै एक किलोमिटर जति बार भत्काएपछि प्रहरी घटनास्थलमा पुगेको थियो । साइटकै सुरक्षामा खटिएका दुई जना प्रहरीले खिचेको फोटो समेत डिलिट गर्न उनीहरुले धम्की दिएका थिए ।घटनामा संलग्न भएको आशंकामा १६ जना पक्राउ परेका छन् ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com