सांसदलाई ६ करोडका दरले , ९ अर्ब ९० करोड रुपैयाँ बजेट विनियोजन


प्रकाशित मिति : जेष्ठ १५, २०७६ बुधबार

सरकारले सांसदहरुलाई ६ करोड रुपैयाँका दरले बजेट दिएको छ ।अहिले ४ करोड रुपैयाँ पाएका सांसदले १० करोड रुपैयाँ सम्म माग गरेका थिए । तर अर्थमन्त्री डाक्टर युवराज खतिवडाले स्थानीय पूर्वाधार विकास साझेदारी कार्यक्रम अन्तर्गत ६ करोड रुपैयाँ विनियोजन गर्नुभएको छ । यो रकम कार्यविधि बनाएर खर्च गर्न पाउने बजेटमा उल्लेख छ ।  हरेक सांसदलाई ६ करोडका दरले आउँदो वर्ष ९ अर्ब ९० करोड रुपैयाँ बजेट विनियोजन गरिएको छ ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com