अष्ट्रेलियाको एआइबिटी कलेज बन्द,सयौं नेपाली विद्यार्थी प्रभावित


प्रकाशित मिति : जेष्ठ १५, २०७६ बुधबार

अष्ट्रेलियाको इन्टरनेसनल इन्सिच्युट अफ विजनेश एन्ड टेक्नोलोजी (एआइबिटी इन्टरनेसनल) कलेज बन्द भएको छ ।

अष्ट्रेलियन सरकारको शैक्षिक निकाय अष्ट्रेलियन स्कील क्वालिटी एथोरोटी (आस्क्वा) ले मंगलबार एआइबिटी कलेजको दर्ता खारेजी गर्ने निर्णय गरेको हो ।

यो कलेजमा हजारभन्दा बढी नेपाली विद्यार्थी अध्ययन गरिरहेका थिए । अब उनीहरु अलपत्र परेका छन् ।

आस्क्वाको निर्णयलाई माथिल्लो निकायले पुनरावलोकन गरेमा भने एआईबीटीका विद्यार्थीले जोगिने छन् ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

गत फागुनमा पनि नर्सिङ सोसाइटी सम्बन्धन नलिएको र बिना रिफरेन्स विद्यार्थीलाई नर्सिङ डिप्लोमा भर्ना लिएका कारण द अष्ट्रेलिया इन्स्टिच्युट अफ विजनेस एन्ड टेक्नोलोजी कलेजलाई खारेज गरिएको थियो । यो प्रकरणमा हजारौं विद्यार्थी अलपत्र परेका थिए ।

एआइबिटी र एआइबिटी इन्टरनेसनल एकै स्वामित्वमा रहेका दुई छुट्टाछुट्टै कलेज हुन् ।

उच्च शिक्षा अध्ययनका लागि अष्ट्रेलिया पुगेका हजारौं नेपाली विद्यार्थी गलत सल्लाह र सुझावका कारण शैक्षिक अन्यौलमा पर्ने गरेको घटना सेलाउन नपाउँदै फेरि करिब एक हजार नेपाली विद्यार्थी अलपत्र परेका हुन् ।

यस्ता कलेजमा जान प्रबन्ध मिलाउने नेपालका परामर्शदाता, अध्ययनका लागि आपत्ति छैन भन्दै पत्र (नो अब्जेक्सन लेटर) दिने शिक्षा मन्त्रालय र त्यस्तो कलेजमा पढ्न भनी भिसा दिने अष्ट्रेलियन दूतावासको लापरवाहीले हजारौं विद्यार्थी समस्यामा परेका छन् ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com