अष्ट्रेलियाको न्युनतम तलबमा वृद्धि हुने सम्भावना


प्रकाशित मिति : जेष्ठ १५, २०७६ बुधबार

अष्ट्रेलियाको न्युनतम तलबमा वृद्धि हुने सम्भावना देखिएको छ ।

स्थानिय संचारमाध्यमहरुका अनुसार, फेयर वर्क कमिसनले बिहिबार न्युनतम तलब सम्बन्धि आफ्नो निर्णयको घोषणा गर्नेछ । उक्त न्युनतम तलब जुलाई एक देखि लागु हुनेछ ।

हाल अष्ट्रेलियाको न्युनतम तलब प्रति हप्ता ७ सय १९ डलर रहेको छ । गत वर्ष न्युनतम तलबमा ३।५ प्रतिशत वृद्धि भएपछि न्युनतम तलब ७ सय १९ डलर हुन पुगेको हो ।

अष्ट्रेलियन ट्रेड युनियनले यो वर्ष न्युनतम तलबमा ६ प्रतिशतले वृद्धि हुनुपर्ने माग गरेको छ । तर व्यवसायीहरुले भने ६ प्रतिशत वृद्धिले व्यवसायको साथसाथै अष्ट्रेलियाको अर्थतन्त्रमा नै असर पर्ने बताइरहेका छन्

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com