Follow @khasokhasmag

अष्ट्रेलियामा एक महिलाले बिहान आँखा खोल्दा सर्पले आफ्नो अनुहार चाटिरहेको देखेपछि ..


प्रकाशित मिति : जेष्ठ १५, २०७६ बुधबार

सर्प आफ्नो कोठामा डुलेको देख्यौं भने हामी अत्तालिंछौँ । तर अष्ट्रेलियामा केही दिन अगाडी एक महिलाले आँखा खोल्दा सर्पले आफ्नो अनुहार चाटिरहेको पाईन् ।

ब्रिसबेनकी स्याली स्टेन्टले बिहान ७ बजेतिर आफ्नो अनुहारमा केही डुलिरहेको महसुस गरिन् । उनी सुतिरहेकी थिइन् । जब आँखा खोलिन्, तब देखिन् की सर्पले उनको अनुहारमा चाटिरहेको थियो । २ मिटर लामो उक्त पाइथन स्यालीको टाउको निर बसेको थियो र स्यालीलाई चाटिरहेको थियो ।

स्यालीले आफूलाई डर भन्दा पनि अचम्म लागेको बताएकी छिन् । त्यसपछि उनी दौडिएर कोठा बाहिर गई बुवालाई बोलाएकी थिइन् ।

सपेराहरुले सर्पलाई समातेका थिए । विज्ञहरुले सर्पले आफ्नो आहारा खाइसकेपछि अघाएको समयमा न्यानो ठाउँ खोजेर बस्ने र जिब्रो चलाउने गर्ने बताएका छन् । उनीहरुले त्यो बेलामा पनि सर्पले आफ्नो आहारा खाएर आएकोले त्यसो गरेको हुनसक्ने बताएका छन् ।

© 2022 KHASOKHAS®. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com