१५ खर्ब ३२ अर्बको बजेट, पूँजीगतर्फ ४ खर्ब ८ अर्ब


प्रकाशित मिति : जेष्ठ १५, २०७६ बुधबार

सरकारले आर्थिक वर्ष २०७६/७७ का लागि १५ खर्ब ३२ अर्ब ९६ करोड ९१ लाखको बजेट ल्याएको छ ।

कुल विनियोजन रकममध्ये चालूतर्फ ९ खर्ब ५७ अर्ब १० करोड १४ लाख अर्थात् ६२ दशमलव ४ प्रतिशत छुट्याइएको छ। यसैगरी पुँजीगत खर्चतर्फ ४ खर्ब ८ अर्ब ५९ लाख विनियोजन गरिएको छ। वित्तीय व्यवस्थातर्फ १ खर्ब ६७ अर्ब ८५ करोड ५८ लाख छुट्याइएको छ।

आगामी आर्थिक वर्षका लागि प्रस्तुत गरिएको बजेटमा आन्तरिक राजश्वबाट ९ खर्ब ८१ अर्ब १३ करोड ८२ लाख रुपैयाँ, वैदेशिक अनुदानबाट ५७ अर्ब ९९ करोड ५५ लाख रुपैयाँ र वैदेशिक ऋणबाट २ खर्ब ९८ अर्ब ८३ करोड ३३ लाख जुटाइनेछ।

आन्तरिक ऋणबाट १ खर्ब ९५ अर्ब जुटाइने अर्थमन्त्री युवराज खतिवडाले संसद्मा प्रस्तुत बजेटमा उल्लेख गर्नुभयो ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com