चर्चित गायिका ब्रिट्नी स्पेयर्स फेरि स्टेजमा नदेखिने


प्रकाशित मिति : जेष्ठ १५, २०७६ बुधबार

चर्चित गायिका ब्रिट्नी स्पेयर्सका फ्यानका लागि दुःखद खबर छ । ब्रिट्नीले अब कहिल्यै स्टेजमा प्रस्तुति दिनेछैनन् । यो कुरा ब्रिट्नीकी म्यानेजर लैरी रुडोल्फले मिडियासँग कुराकानीका क्रममा बताएकी हुन् ।

लैरीले ब्रिट्नी भविष्यमा हुने कुनै पनि कन्सर्टमा सहभागी नहुने दाबी गरेकी छिन् । ‘अब उनी कहिल्यै स्टेजमा नफर्कन सक्छिन्,’ लैरीको उद्घोषलाई अन्तर्‍ाष्ट्रिय मिडियाले प्राथमिकताका साथ सम्प्रेषण गरेका छन् ।

आफू सुरुवाती दिनदेखि नै ब्रिट्नीसँगै रहेको र उनी अब करिअरका लागि नभैइ जिन्दगीको लडाइँमा रहेको लैरीले सुनाएकी छिन् । केही समयाघि ब्रिट्नी मानसिक उपचार केन्द्रमा भर्ना भएकी थीइन् ।

बाबुको गिर्दाे स्वास्थ्य अवस्थाका कारण उनमा डिप्रेसन बढेको र त्यसले गहिरो असर परेको बताइन्छ । सोही हालतमा उनी अदालत पुगेकी थीन् । उनले त्यहाँ बाबुले आफूलाई जबर्जस्ती मानसिक उपचार केन्द्रमा पठाएको बताएकी थीइन् ।

छोरीको कुरामा आमाले पनि समर्थन गरेकी थीन् । बाबुसँग निकै नजिक रहेकी ब्रिट्नी उनलाई गुमाउने डरले निकै चिन्तित हुने गरेकी थीइन् । सोही क्रममा उनी बेसुर हुँदै अदालत पुगेको बताइन्छ ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com