गणतन्त्र दिवसका अवसरमा राष्ट्रपति विद्यादेवी भण्डारी द्वारा ४३४ जनाको बाँकी कैद माफी


प्रकाशित मिति : जेष्ठ १५, २०७६ बुधबार

आज गणतन्त्र दिवसको अवसर मा बिभिन्न कार्यक्रम हरु गरेर गणतन्त्र दिवस धुम-धाम का साथ मनाईदैछ। सोही दिवसको अवसर पारेर ४३४ कैदीको कैद मिनाहा भएको छ। गणतन्त्र दिवसका अवसरमा मन्त्रिपरिषद्को सिफारिसअनुसार राष्ट्रपति विद्यादेवी भण्डारीले ४३४ जनाको बाँकी कैद माफी गरेकी हुन्।

राष्ट्रपति कार्यालयलद्वारा जारी विज्ञप्तिमा भनिएको छ, ‘गणतन्त्र दिवस, २०७६ को उपलक्ष्यमा असल चालचलन भई कैदको सजाय छोट्याउनयोग्य र उपयुक्त देखिएका ४३४ जना कैदीको भुक्तान हुन बाँकी कैदको सजाय नेपालको संविधानको धारा २७६ बमोजिम माफी भएको छ।’

संविधानको धारा २७६ अनुसार राष्ट्रपतिले कुनै अदालत, न्यायिक वा अर्धन्यायिक निकाय वा प्रशासकीय पदाधिकारी वा निकायले गरेको सजायलाई कानुनबमोजिम माफी, मुल्तबी, परिवर्तन वा कम गर्नसक्ने व्यवस्था छ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com