लागूऔषध राखेको आरोपमा जापानको शिक्षा मन्त्रालयका अधिकारी पक्राउ


प्रकाशित मिति : जेष्ठ १५, २०७६ बुधबार

लागूऔषध र गाँजा राखेको आरोपमा मंगलवार जापानी शिक्षा मन्त्रालयलका करियर ब्युरोक्रयाट पक्राउ परेका छन् । मन्त्रालयका एलिमेण्टरी र सेकेण्डरी शिक्षा ब्युरोका काउन्सलरका सहायक निर्देशक ४४ वर्षिय मिचुहिरो फुकुजावाले आफूले व्यक्तिगत प्रयोजनका लागि लागूऔषध राखेको स्विकार गरेको लागूऔषध नियामक अधिकारीले बताएका छन् ।

उनले यस्तो गरेर लागूऔषध नियन्त्रण कानूनको उल्लङ्घन गरेको स्वास्थ्य मन्त्रालयका नार्कोटिक्स नियन्त्रण एकाइले बताएको छ । उनको घरमा र शिक्षा, खेलकुद, संस्कृति, विज्ञान तथा प्रविधि मन्त्रायलस्थित उनको कार्यालयमा छापा मार्दा प्रशस्त मात्रामा सिरिन्जहरु फेला परेका थिए ।

यसै वर्षको शुरुआतमा अर्थ, व्यापार र उद्योग मन्त्रालयका एक अधिकारले पनि अमेरिकाबाट ड्रग तस्करी गरेको आरोपमा पक्राउ गरिएको थियो । गत वर्ष भ्रष्टाचार काण्डले थलथलिएको मन्त्रालयको प्रतिष्ठा यस किसिमको कार्यले झन् जिर्ण बन्ने शिक्षा मन्त्रालयका वरिष्ठ अधिकारीले बताएका छन् ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com