सन्दर्भ गणतन्त्र दिवसः समृद्धिको गोरेटो कोरिँदै


प्रकाशित मिति : जेष्ठ १४, २०७६ मंगलबार

जेठ १५ गते गणतन्त्र दिवस अर्थात् नेपालको राजनीतिक इतिहासमा एउटा युगान्तकारी दिन । जनआन्दोलन २०६२÷६३ को जगमा गणतन्त्र घोषणा भएको ऐतिहासिक दिनको स्मरण गर्दै हरेक वर्ष जेठ १५ गते देशभर विभिन्न कार्यक्रम गरी गणतन्त्र दिवस मनाइँदै आएको छ । आजको दिन १० वर्षे सशस्त्र जनयुद्ध र १९ दिने जनआन्दोलनको बलमा राजतन्त्रको अन्त्य गरी गणतन्त्र स्थापना भएको थियो ।

अहिले मुलुकमा तीन तहको सरकार स्थापित भएको छ । ‘सम्मृद्ध नेपाल सुखी नेपाली’ नारा अघि सारेर सङ्घीय सरकारले विकास र समृद्धिको काम अगाडि बढाएको छ । तीनै तहमा विकास निर्माणले गति लिएको छ । जनताको शासन जनताकै प्रतिनिधिले गर्ने व्यवस्थाको शुरुआत भएको छ । मुलुक सङ्घीय संरचनामा अघि बढेपछि विस्तारै जनताले त्यसको अनुभूति गर्न पाएको अधिवक्ता यमलाल खनाल बताउनुहुन्छ ।

“शुरुमा ऐन कानूनको अभाव थियो, अहिले विस्तारै तीनै तहका सरकारले कानून निर्माण गरेर विकास र समृद्धिको गोरेटो कोरेका छन् ।” कानूनविहीन अवस्थामा पनि सङ्घीयता कार्यान्वयन हुनु सकारात्मक पक्ष भएको उहाँको भनाइ छ । मुलुक गरिबी र अभावबाट अगाडि बढेकाले तुरुन्तै सबै परिवर्तन हुने अवस्था नभए पनि कानून निर्माणसँगै अब जनताले परिवर्तनको महसुस गर्ने वातावरण बन्दै गएको खनालको भनाइ छ । “अहिले नागरिकले गणतन्त्रमा पाउनुपर्ने अधिकार स्पष्ट छन् ।

तीनै तहका कानून बन्दै छन्, केही वर्षमै जनताले आशा र भरोसा गरे अनुसारको वातावरण मुलुकमा तयार हुन्छ” लेखक तथा विश्लेशक ऋषि आजाद भन्नुहुन्छ, “गत वर्षसम्म सङ्घीयता र गणतन्त्रप्रति कतिपयले आशङ्का गर्थे, अहिले आशङ्का मेटिँदै गएका छन्, गणतन्त्रप्रति विश्वास बढ्दै गएको छ ।”

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

मुलुकको समृद्धिका लागि विकास र योजनाको समन्वयात्मक ढाँचा तयार गरी सङ्घीय सरकारले प्रदेश र स्थानीय तहसँग समन्वय गरेर अगाडि बढ्नुपर्ने उहाँको सुझाव छ । भ्रष्टाचार नियन्त्रणका लागि प्रष्ट नीति र पारदर्शिता हुन जरुरी रहेको अधिवक्ता हेमा न्यौपाने बताउनुहुन्छ । “विकास निर्माणका सबै कामको अनुगमन गर्नुपर्छ”, उहाँले भन्नुभयो ।

जनताका अधिकार स्थापित गर्न सरकार गम्भीर हुनुपर्ने तथा राजनीतिक नेतृत्व र नागरिक समाज सबैले आ–आफ्नो ठाउँबाट भूमिका खेल्नुपर्ने उहाँको भनाइ छ । देशमा आर्थिक विकासविना समृद्धि सम्भव छैन । त्यसका लागि राम्रा नीति र योजना बनाएर प्रभावकारी कार्यान्वयन गर्नुपर्छ । “नयाँ अभ्यास भएकाले तीन तहका सरकारबीच समन्वयको अभाव छ, राज्य संरचनाको प्रभावकारी रुपमा सञ्चालनका लागि तीन तहबीचको अन्तरसम्बन्धलाई प्रभावकारी बनाउनु पर्छ”, उहाँले भन्नुभयो । राजतन्त्र फालेर मुलुक गणतन्त्रमय हुनु राजनीतिक दृष्टिले महत्वपूर्ण उपलब्धि हो । जनस्तरमा परिवर्तनको अनुभूति हुनु जरुरी रहेको मानवअधिकार तथा शान्ति समाजका वरिष्ठ उपसभापति गोविन्द खनाल बताउनुहुन्छ ।

हिजोका दिनमा जनतालाई देखाएको विकास र समृद्धिको सपना पूरा नहुँदासम्म गणतन्त्र संस्थागत हुन नसक्ने खनालको भनाइ छ । सरकारले मुलुकमा दण्डहीनता र सङ्क्रमणकालीन न्यायको व्यस्थापन गर्न नसक्दा नागरिकको राज्य व्यवस्थाप्रति नै नकारात्मक दृष्टिकोण बन्न थालेकाले गणतन्त्रको उपलब्धिको रक्षा गर्नतर्फ सरकार लाग्नुपर्ने उहाँको सुझाव छ । “सङ्घीयतालाई सफल बनाउनु अहिलेको आवश्यकता हो”, खनाल भन्नुहुन्छ, “गणतन्त्र प्राप्तिप्रति जनताले गर्व गर्ने वातावरण बनाउनुपर्छ ।”

नेपाल पत्रकार महासङ्घ रुपन्देहीका पूर्वअध्यक्ष डीआर घिमिरेका अनुसार गणतन्त्रको मुख्य उपलब्धि नै सङ्घीयता हो । सङ्घीयताकै कारण अहिले गाउँ–गाउँमा सिंहदरबार पुगेको छ । यसको उपलब्धि जोगाउन स्थानीय तहका सरकारले जनस्तरमा सरल ढङ्गले सेवा प्रवाह गर्न जरुरी छ । पत्रकार घिमिरे भन्नुहुन्छ, “जनताको सुझाव लिएर काम गर्नुपर्छ । आफूलाई पनि रुपान्तरण गरेर अगाडि बढ्नुपर्छ, होइन भने जनताले परिवर्तनको अनुभूति गर्न सक्दैनन् ।”

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com