यार्सागुम्बा संकलनका लागि ८ हजार पुगे डोल्पा


प्रकाशित मिति : जेष्ठ १४, २०७६ मंगलबार

डोल्पाका विभिन्न पाटन मंगलबारदेखि यार्सागुम्बा संकलनका लागि खुला भएका छन् । भोक्पा, भाङ्का, कुनास, सागबारीलगायतका सत्तरीभन्दा धेरै पाटन यार्सागुम्बा संकलनका लागि औपचारिक रूपमा खुलेको से–फोक्सुन्डो राष्ट्रिय निकुञ्जका निमित्त संरक्षण अधिकृत प्रमोदकुमार यादवले जानकारी दिए ।

मंगलबारसम्म सात हजार नौ ९९ मानिस विभिन्न पाटनमा भेला भएका छन् । निकुञ्ज क्षेत्रभित्र सुलिगाड, तोइजुम, त्रिपुराकोट, सुम्दुवालगायतका १४ वटा नाकाबाट यार्सा संकलन गर्नेहरू प्रवेश गरेको निकुञ्जका रेञ्जर छत्र खड्काले जानकारी दिए । मुगुमा पर्ने डोल्फु र किम्री नाकामा फोन सम्पर्क नभएकाले वास्तविक संख्या आउन बाँकी रहेको उनको भनाइ छ ।

यस वर्ष निकुञ्जका क्षेत्रमा पर्ने पाटनमा साढे नौ हजारको हाराहारीमा यार्सागुम्बा टिप्न मानिसहरू प्रवेश गर्ने अनुमान गरिएको छ । निकुञ्जबाहेक सामुदायिक वनभित्रका रूपपानी, पोखेपानी, साइक्वारीलगायतका पाटनमा यार्सागुम्बा टिप्न प्रवेश गर्नेको तथ्यांक निकुञ्जले राख्ने गरेको छैन । प्रत्येक वर्ष निकुञ्ज र सामुदायिक वनका पाटनमा गरी २० हजारको हाराहारीमा सर्वसाधारणले यार्सागुम्बा संकलन गर्ने बताइएको छ । यार्सागुम्बाको संकलन पुर्जी वितरणबाट एक करोड ९१ लाख ३१ हजार पाँच सय रुपैयाँ राजस्व उठेको छ ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com