जनचाहना र भावनाअनुसार जनप्रतिनिधिले काम गर्नुपर्छ : डा कोइराला


प्रकाशित मिति : जेष्ठ १४, २०७६ मंगलबार

विराटनगर महानगरपालिका धेरै पुरानो शहर भएर पनि बजारमा विश्राम लिने र शौचालय प्रयोग गर्ने सुविधाको अभाव अब नहुने भएको छ । औद्योगिक नगरी, राजनीतिज्ञको कर्म एवं जन्मभूमिले चिनिने विराटनगर महानगरपालिकाको वडा नं ९ अन्तर्गत बजार क्षेत्रमा सुविधासम्पन्न शौचालय र उद्यानको अभाव थियो । दिनप्रतिदिन बजारको क्षेत्र बढ्दै जानु, जनसङ्ख्या बढ्नु तर सेवासुविधा नबढ्नुका पछाडि लामो समयसम्म स्थानीय तह जनप्रतिनिधिविहीन हुनु र सोचको अभाव रहनु नै हो ।

यही मर्मलाई आत्मसात गर्दै महानगरपालिकाले बजारको मध्यभागमा आफ्नै स्वामित्वमा रहेको एक कठ्ठा १६ धुर जग्गामा स्मार्ट उद्यान बनाउने निर्णय गरेको छ । हरियाली, स्तनपान कक्ष, महिला र पुरुषका लागि अलगअलग शौचालय र पानीको फोहरासहितको सो उद्यान अगामी एक वर्षभित्रमा निर्माणकार्य सम्पन्न हुने इञ्जिनीयर गोपाल पोखरेलले जानकारी दिनुभयो । उद्यानका लागि प्रदेशसभा सदस्य केदार कार्कीले संसद् कोषबाट रु ४८ लाख र महानगरपालिकाले रु ७० लाख रकम व्यहोर्ने भएको छ ।

सो उद्यानको शिलान्यास कार्यक्रममा नेपाली काङ्ग्रेसका केन्द्रीय सदस्य डा शेखर कोइरालाले जनताका चाहना र भावनाअनुसार जनप्रतिनिधिले काम गर्नुपर्ने सुझाव दिनुभयो । उहाँले विगतबाट पाठ सिकेर अब विकास गर्नुको विकल्प नरहेको जनप्रतिनिधिले मनन गर्नुपर्ने भन्दै यस नगरको १९ वटै वडामा यस्ता किसिमको विकास निर्माण हुनुपर्नेमा जोड दिनुभयो । प्रदेशसभा सदस्य कार्कीले नगरलाई हराभरा, सफासुग्घर राख्न जनप्रतिनिधि मात्रले गर्नुपर्छ भन्ने मानसिकता त्याग्न नगरवासीलाई आह्वान गर्दै विकास निर्माणमा सबैले एउटै धारणा बनाउनुपर्छ भन्नुभयो ।

महानगरपालिकाका प्रमुख भीम पराजुलीले आम जनतालाई सेवासुविधा प्रदान गर्न र नगरको सुन्दरता बढाउन पनि उद्यानको निकै महत्व छ भन्नुभयो । उपप्रमुख इन्दिरा कार्की र इञ्जिनीयर अर्जुन थापाले उद्यानले नगरको शोभा बढाउनुका साथै स्वच्छ वतावरणका लागि पनि मद्दत गर्ने विचार व्यक्त गर्नुभयो ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com