वाइडबडी भ्रष्टाचारका मुख्य दाेषी कंसाकारको कार्यकाल सकियाे, जाँदाजाँदै के भने ?


प्रकाशित मिति : जेष्ठ १३, २०७६ सोमबार

 वाइडबडी प्रकरणमा मुछिएका मुख्य दाेषी नेपाल वायुसेवा निगमका महाप्रवन्धक सुगतरत्न कंसकारकाे साेमबारबाट ४ वर्षे कार्यकाल सकिएकाे छ । जाँदा जाँदै उहाँले आफूँ विभिन्न अवरोधका बावजुद पनि निगमको संस्थागत सुधारमा लागि परेको उल्लेख गर्नुभयो ।

करिब २८ वर्ष विमान खरिद नगरेको निगमले विमान खरिदको लागि अनेक कष्ट, आलोचना, जेल र कालोमोसोको प्रवाह नगरी विमान खरिद गर्न सफल भएको कंसाकारले बताउनुभयो।

नेपाल टेलिकममा ३४ वर्षे सेवा पुरा गरी निगममा कंसकार पहिलोपटक २०६५ कात्तिक २२ मा महाप्रवन्धकको पदमा नियुक्त हुनु भएको थियो । कंसाकारकै पालामा संचालक समिति र निगम कर्मचारीहरुको सहमति र सहयोगमा ६ वटा विमान खरिद गर्न मिति २०६५मा टेण्डर आह्वान गर्न सफल हुनुभयाे ।

विभिन्न उल्झन र अवरोधका वावजुत दुई वटा न्यारोबडी ए ३२० विमान प्राप्त गर्न झण्डै ६ वर्षले ढिलाई हुन पुगेको कंसरकारद्वारा जारी गरिएको विदाई सम्वोधन विज्ञप्तिमा भनिएको छ । कंसाकारलाई वाइडबडी खरिद प्रकरणमा मुख्य दाेषी ठहर गर्दै संसदीय लेखा समितिकाे उपसमितिले कारबाही सिफारिस गरेकाे थियाे । याे खबर आजकाे नेपाल समाचारपत्रमा छ ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com