राप्रपा नेपालबाट राप्रपा सम्मआई पुग्दा कमल थापाले एजेण्डा विर्सेका हुन :देउजा


प्रकाशित मिति : जेष्ठ १३, २०७६ सोमबार

काठमाडौ २०७६ जेठ १४, वीर गाेर्खालि अभियान्ताका केन्द्रीय सदस्य एवम् राजावादी नेता नरेन्द्र देउजाले राप्रपा नेपाल देखि राप्रपा सम्म आईपुग्दा कमल थापाले आफ्नो एेजेण्डा विर्सेका हुन् भन्ने आराेप लगाएका छन् देउजाले आफ्नो फेसबुक स्टाटसमा मा लेख्छन् ।

“हिजाे ६२/६३ पश्चात राप्रपा अध्क्षय कमल थापा एक्लै राजसंस्था पुन: स्थापनालाई खरो रूपमा पहिलो प्रथामिकता दिदै सडकमा उत्रिएका थिए । आज राजसंस्था पनु:स्थापनाको माहोल सोचेभन्दा पनि धेरै राम्रो रहदै गर्दा उहाले राजसंस्था पुन: स्थापनालाई पहिलो प्रथामिकता नदिई हिन्दुराज्य पुन: स्थापनालाई पहिलो प्रथामिकता दिनुको मुख्य कारण पार्टी भित्र हिन्दु गणराज्यको हावी भएको देखिन्छ।
१०% थ्रोस होल्ड मान्न तयार भएको पार्टीले मादल गिलास लगाएतले ३ % माँ झार्दा पनि थ्रेस होल्ड कटाउन नसक्नु दुर्भाग्य हो ,यसको मुख्य कारण भनेको सबै ठाउमा उमेद्वारी नदिनु नै हो ।स्थानिय चुनाब मा कमाउनिष्ठ संग मिल्ने पार्टी प्रदेश र केन्द्रको चुनाबमा थेस होल्ड कटाउनु राष्ट्रीय पार्टी बनाउनु थियो भने किन नमिलेको त कमाउनिष्ठ संग ? कतै थ्रेस होल्ड कट्छ अनि राष्ट्रिय पार्टी बन्छ भनेर होइन त होईन?

अनि अर्को कुरा बिगतमा नया बानेश्वर इन्द्रेणी बैङ्केटमा पत्रकार सम्मेलन गरि पार्टी मिल्ने फिक्स भइ राष्ट्रिय सभागृह बूक गरिसकेको अबस्था मा कुन शक्ति ले पार्टी मिल्न दिएन र त्यसपछी रातारात कस्ले मिलायो ? फेरी कस्ले कुन शक्तीले फुटायो ?यसको जबाफ आम कार्यक्रताहरू र सुभचिन्तकहरूलाई नदिइकन अहिले फेरि पुनः मिल्ने हल्ला छ यदि मिल्यो भने सब नेतालाई लखेट्नु पर्दछ ।यिनिहरुले कसम खाएका छन कि के हो पार्टी ठुलो नबनाउने पार्टी पनि नछाड्ने पार्टी पनि नसिध्याउने?
म विगतमा कमल थापा को अनुहार मन परेर राप्रपामा लागेको होइन। तत्कालीन अवस्थामा राप्रपा नेपालले लिएको बिचार र सिद्धान्त एजेण्डा मन परेर लागेको हु। अहिले पनि नेपाली जनताले राप्रपा नेपाल को कमल थापा चाहेका छन। राप्रपाको स्वर्गीय नेता सुर्य बहादुर थापा चरित्र हाबी भएको छ।”

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com