‘प्रहरी हुँ’भन्दै रकम असुली गर्ने ‘भगौडा प्रहरी’ पक्राउ


प्रकाशित मिति : जेष्ठ १२, २०७६ आईतबार

आफूलाई ‘प्रहरी हुँ’ भन्दै रकम असुली गर्ने दुई जना पक्राउ परेका छन् । महानगरीय प्रहरी परिसर काठमाडौँले आइतबार पत्रकार सम्मेलन गरी प्रहरी हुँ भन्दै रकम असुली गर्ने दुई जनालाई सार्वजनिक गरेको हो ।

पक्राउ पर्नेहरुमा अर्घाखाँची सीतापुर–६ घर भई हाल बानेश्वर बस्ने वर्ष ३० का हरिलाल खनाल र सोही ठाउँका वर्ष १९ का कपिल रिजाल रहेका छन् ।

उनीहरुलाई गोप्य सूचनाको आधारमा महानगरीय प्रहरी वृत्त बालाजुबाट खटिएको प्रहरीको विशेष टोलीले जमलबाट पक्राउ गरेको पत्रकार सम्मेलनमा परिसरका प्रमुख एसएसपी उत्तमराज सुवेदीले जानकारी दिए ।

वनस्थलीस्थित सनराइज बेकरी सप सञ्चालन गर्दै आएका विनोद नेपालबाट हामी प्रहरी हौँ भन्दै उनीहरुले १ लाख रुपैयाँ ठगी गरेका थिए ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com