माेदिकाे फाेन वार्ता माधव नेपालसँग


प्रकाशित मिति : जेष्ठ १२, २०७६ आईतबार

काठमाडौं, १२ जेठ । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का वरिष्ठ नेता माधवकुमार नेपाल र भारतीय पूर्व प्रधानमन्त्री नरेन्द्र मोदीबीच टेलिफोन वार्ता भएको छ । नेता नेपालले मोदीलाई टेलिफोन गरी लोकसभा निर्वाचनमा विजय भएकामा बधाई दिएका छन् ।

पूर्वप्रधानमन्त्री नेपालले मोदीको दोस्रो कार्यकालमा दुई देशबीचको सहकार्य लाभदायी हुने र नेपाल–भारतबीचको सम्बन्ध उचाइमा पुग्ने विश्वास व्यक्त गरेका छन् । भारतीय प्रधानमन्त्री मोदीले शुभकामनाका लागि धन्यवाद दिँदै नेपालसँग मिलेर काम गर्ने आफ्नो प्रतिबद्धता दोहो¥याउनुभएको नेता नेपालका प्रेस सहयोगी तथा नेकपाका केन्द्रीय सदस्य विष्णु रिजालले जानकारी दिए ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com