४९ लाख भ्रष्टाचार गरेकाे अभियोगमा कर्नेल जेल चलान


प्रकाशित मिति : जेष्ठ ११, २०७६ शनिबार

४९ लाख २९ हजार भ्रष्टाचार अभियोगमा नेपाली सेनाका कर्नेल (प्रमुख सेनानी) केशवराज कार्की जागिरबाट बर्खास्तीमा परेर जेलसमेत चलान भएका छन् । उदयपुरस्थित कालिसिद्धि गणका गणपति कार्कीलाई सैनिक अदालतले भ्रष्टाचारी ठहर गरेपछि बर्खास्तीसँगै जेल चलान भएका हुन् । उनी कैद भुक्तानीका लागि शुक्रबार जगन्नाथ देवल जेल चलान भएका छन् ।

राष्ट्रपति चुरे संरक्षण कार्यक्रमअन्तर्गत ताल संरक्षणमा भएको भ्रष्टाचारलगायत अन्य आर्थिक हिनामिनामा सैनिक अदालतले गरेको फैसला प्रधानसेनापति पूर्णचन्द्र थापाले ५ जेठमा सदर गरेका थिए । प्रधानसेनापतिको कार्यालयले सजायसम्बन्धी फैसला बिहीबार सुनाएको थियो ।

सेवाबाट बर्खास्त उनी २२ साउनसम्म जेल बस्नुपर्नेछ । प्रधानसेनापति थापाको कार्यकालमा यति ठूलो रकम भ्रष्टाचार भएको र आरोपीले जागिरबाट बर्खास्तीको सजाय पाएको यो पहिलो घटना हो ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com