सीके राउत जनकपुरबाट पक्राउ-राउतविरुद्ध मुद्दा लगाउने तयारी


प्रकाशित मिति : माघ २०, २०७३ बिहीबार

बिहीबार दिउँसो जनकपुर माछाबजार नजिकै कोठामा छापा मारेर प्रहरीले सिके राउतलाई पक्राउ गरेको जनाईएको छ ।स्वतन्त्र मधेस नाम दिएर अभियान चलाइरहेका सीके राउतलाई दिउँसो ३ बजे प्रहरीले जनकपुरमा पक्राउ गरेको हो ।

सिरहा प्रहरीको आग्रहमा राउतलाई पक्राउ गरिएको जनकपुर प्रहरीले जनाएको छ । पक्राउ गरेलगत्तै उनलाई सिरहा पठाइएको छ ।

जिल्ला प्रहरी कार्यालय धनुषाका प्रमुख लालमणी आचार्यले जिल्ला प्रहरी कार्यालय सिरहाले मुद्दाको अनुसन्धानको लागि पक्राउ गरी पठाइदिनू भनी गरेको अनुरोधका आधारमा उनलाई पक्राउ गरिएको बताईएको छ ।

सप्तरी घर भएका राउत केही समययता जनकपुर बस्दै आएका थिए । राउतले केही साता अघि लहानमा आयोजित एक सभामा देश टुक्र्याउन अभिव्यक्ति दिएका थिए ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

राउतविरुद्ध राज्य विप्लवको मुद्दा लगाउने तयारी रहेको श्रोतद्धारा जनाईएको छ ।
राउतविरुद्ध यसअघि पनि विशेष अदालतमा राज्य विप्लवको मुद्दा चलेको थियो । तर, धरौटीमा छुटेका थिए ।

राज्य विरुद्धको अपराध र सजायँ ऐन २०४६ मा उल्लेखित राज्य विप्लवको अपराध वा उद्योग गरेको ठहरिए राउतलाई जन्मकैद वा १० वर्षसम्म कैद सजायँ हुन्छ ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com