बेलायती राज परिवारलाई सोसल मिडिया म्यानेजरको खाँचो, तलब ४२ लाख बढी


प्रकाशित मिति : जेष्ठ ८, २०७६ बुधबार

बेलायती महारानी एलिजाबेथ द्वीतीयलाई सोसल मिडिया म्यानेजरको आवश्यकता परेको छ । जागिरका लागि राजपरिवारको तर्फबाट जब लिस्टिङ वेबसाइटमा विज्ञापन दिइएको छ । जब लिस्टिङ वेबसाइटका अनुसार डिजिटल कम्युनिकेशन अफिसरले महारानीको लागि काम गर्नुपर्नेछ । उनले महारानीको उपस्थितीलाई सार्वजनिक र अन्तरराष्ट्रिय मञ्चमा स्थापित गर्नका लागि नयाँ तरिका खोज्नुपर्ने हुन्छ ।

जागिरको विज्ञापन https://theroyalhousehold.tal.net मा दिइएको छ । वेबसाइटका अनुसार डिजिटल कम्युनिकेशन अफिसरको तलब वार्षीक ३० हजार पाउन्ड (४२ लाख रुपैयाँ बढी) हुनेछ । उनले सोमबारदेखि शुक्रबार हप्तामा ३७.५ घण्टा काम गर्नुपर्नेछ । साथै, उनलाई वर्षमा ३३ दिनको छुट्टी र दिउँसो खाजा निःशुल्क दिइनेछ । यो जागिर बकिंघम प्यालेसका लागि हुनेछ ।

सोसल मिडियामा आउने खबरको व्यवस्थापन गर्नुपर्नेछः

अफिसरले डिजिटल र सोसल मिडियामा हरेक दिन आउने खबरको व्यवस्थापन गर्नुपर्नेछ । यसका साथै केही डिजिटल प्रोजेक्टमा पनि काम गर्नुपर्नेछ । उनले डिजिटल मिडिया विशेषज्ञको सानो टिमसँग काम गर्नुपर्नेछ । साथै, सोसल मिडिया र डिजिटल प्लेटफर्मका लागि कन्टेन्ट लेख्नुपर्नेछ । ती व्यक्तिले राज परिवारसँग जोडिएका सबै गतिविधीमाथि नजर राख्नुपर्नेछ । आवेदको अन्तिम मिति २२ मे (आज) हो ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

योग्यताः

–ग्रेजुएशनको डिग्रीका साथै वेबसाइटको व्यवस्थापनको अनुभव

–सोसल मिडिया व्यवस्थापनमा विशेषज्ञता

– डिजिटल र सोसल मिडियामा कन्टेन्ट लेखेको अनुभव

– कन्टेन्ट मेनेजमेन्ट सिस्टममा काम गरेको अनुभव

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com