पोखराका सडकमै कायकीङ


प्रकाशित मिति : जेष्ठ ८, २०७६ बुधबार

पोखराको पर्यटकी क्षेत्र लेकसाइडमा आकासे पानीले निकासी नपाउदा ताल नै बन्ने गरेको छ । उचित निकास नहुँदा जमेको पानीमा स्थानीय युवाले विरोध स्वरुप कायक चलाएका छन् ।

पोखरा महानगरपालिका सडक विभागमा आकासे पानीको उचित निकास दिन व्यवस्थित ढल निर्माणका लागि माग गरेपनि सुनुवाई नभएपछि ध्यान आकर्षणका लागि कायक चलाएको स्थानीय अनिल थापाले बताए ।

नेपालमा सबैभन्दा धेरै पानी पोखरामा पर्दछ , पानीको उचित व्यवस्थापन नहुँदा आकासे पानी पसलमा पस्ने भएकोले बाराही चोकका करिब १ दर्जन पसल नै बन्द गर्नु पर्ने स्थानीय व्यवसायीले सुनाए ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com