जबर्जस्तीकरणी मुद्दाका कैदी , युवतीसँग होटलका कोठामा ,सिभिल प्रहरी पहरे दार !


प्रकाशित मिति : जेष्ठ ७, २०७६ मंगलबार

जबर्जस्तीकरणी मुद्दामा कैद भुक्तान गरिरहेका प्रेम तामाङ धादिङबेंसीस्थित एक होटलमा आपत्तिजनक अवस्थामा रहेको भिडियो बाहिरिएसँगै धादिङ कारागारको चरम बेथिति सार्वजनिक भएको छ ।

भिडियोमा रोचक त के छ भने कारागारबाट सँगै गएका सिभिल प्रहरी र सहनाइकेहरु कैदी तामाङलाई कोठाभित्र एक महिलासँग थुनिदिन्छन् र आफूहरु रक्सी खाँदै बाहिर पहरे दार भएर बस्छन् ।

उत्तरी धादिङको रुबीभ्याली गाउँपालिका –४ सेर्तुङका तामाङ जिल्ला अदालत धादिङबाट कैद सजाय तोकिएका अभियुक्त हुन् । कानुनतः उनी जिल्ला कारागारभित्रै थुनिएको अवस्थामा हुनुपर्थो । किनभने उनलाई जिल्ला अदालत धादिङले जबरर्जस्ती करणी मुद्दामा २०७० जेठ २३ गते ११ वर्षको जेल सजाय तोकेको छ ।

तर उनी सदरमुकाम धादिङबेशीको एक होटलको कोठा नं १०४ मा नियोजित रुपमा थुनिन्छन् । उनलाई अरु कसैले थुनेको नभई जिल्ला कारागार धादिङबाट उपचार गर्ने बाहानामा आफैँ बाहिर आएका हुन् । यो समाचार आजको नागरिक दैनिकमा सरिता श्रेष्ठले लेखेकी छिन् ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com