नेपालमा वीच्याट र अलि पे प्रतिबन्ध


प्रकाशित मिति : जेष्ठ ७, २०७६ मंगलबार

नेपाल राष्ट्र बैंकले नेपालभित्र वी च्याट तथा अलि पे जस्ता डिजिटल भुक्तानी प्रणालीको प्रयोगमा प्रतिबन्ध लगाएको छ । अन्तर्‍ाष्ट्रिय भुक्तानी प्रणालीसँग आवद्ध जुनसुकै भुक्तानी प्रणालीको प्रयोग गर्न पनि राष्ट्र बैंकबाट स्वीकृति लिएको हुनुपर्ने केन्द्रीय बैंकले जनाएको छ ।

अहिले चिनियाँ पर्यटकले व्यापाक उपयोग गर्ने वीच्याट, अलि पे र अन्तर्‍ाष्ट्रिय भुक्तानी सञ्जालमा आवद्ध क्युआर कोडको प्रयोगमासमेत रोक लागेको छ । त्यस्तै स्वीकृति लिएका संस्थाकोबाहेक अन्य प्वाइन्ट अन सेल (पीओेस) प्रयोग गरी भुक्तानी गर्न पाइने छैन ।

नेपाल आउने चिनियाँ पर्यटकले सबैजसो भुक्तानी वीच्याट र अलि पेमार्फत् गर्ने गरेको पाइेपछि केन्द्रीय बैंकले अनुगमन थालेको थियो । पर्यटक नेपाल आएपनि उनीहरुले गर्ने खर्च भुक्तानी दिने डिजिटल प्लेटफर्म अलि पे र वीच्याट भएपछि पर्यटनको आय मुलुकमा नभित्रिएको राष्ट्र बैंकको निष्कर्ष छ ।

‘स्वीकृति दिएका भुक्तानी प्रणाली र संस्थाकाबाहेक अन्य डिजिटल प्लेटफर्म प्रयोग गरे गैरकानुनी ठहर्छ,’ नेपाल राष्ट्र बैंकका प्रवक्ता लक्ष्मी प्रपन्न निरौलाले भने, ‘यसमा विदेशी विनिमय अपचलनको कसुरमा कारबाही हुन्छ ।’

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com