अष्ट्रेलियामा पूर्वप्रेमीकाको नामबाट इन्स्टाग्राम पेज बनाउने युवक विरुद्ध मुद्दा
प्रकाशित मिति : जेष्ठ ७, २०७६ मंगलबार

पूर्वप्रेमिकाको नामबाट इन्स्टाग्राम पेज बनाउने युवकलाई सजाय हुने भएको छ । अष्ट्रेलियाको नयाँ कानुन अनुसार, उनी विरुद्ध मुद्दा चलिरहेको छ ।
पश्चिम अष्ट्रेलियाका युवकले पूर्व प्रेमिकाको नामबाट इन्स्टाग्राम पेज बनाएका थिए । उनले ब्रेकअप भएपछि ती प्रेमिकाका आफूसंग भएका फोटोहरु उक्त पेजमा राखेका थिए ।
२४ वर्षीय उनले पूर्वप्रेमिकाका आपत्तिजनक फोटोहरु राखेका थिए । त्यो पेज डाउन भएपछि उनले फेरी थप चार पेजहरु खोले र ती पेजहरुमा पनि पूर्वप्रेमिकाकै नामबाट आपत्तिजनक फोटोहरु राखेका थिए ।
अष्ट्रेलियाको नयाँ कानुनमा अरु व्यक्तिको आपत्तिजनक फोटो उसको अनुमति बिना अरु कसैलाई देखाउनु, सामाजिक संजालमा पोस्ट गर्नुलाई अपराधको रुपमा लिइएको छ । जसअनुसार, उनीमाथी हिंसाको आरोप सहित मुद्दा चलाइएको छ । मे २० मा अदालतमा उपस्थित भएका उनी जुन महिनामा फेरी अदालतमा हाजिर हुनुपर्नेछ ।