पाँचथर सामूहिक हत्या प्रकरण : झुण्डिएको अवस्थामा फेला परेका ज्वाइँ माखिम माथि प्रहरीको शंका


प्रकाशित मिति : जेष्ठ ७, २०७६ मंगलबार

पाँचथरको मिक्लाजुङ–३ मा नौ जनाको हत्या भएकै दिन घटनास्थलभन्दा ३ घण्टा परको दुरीमा अर्का एक ब्यक्ति झुण्डिएको अवस्थामा मृत फेला परे पछि घटनाले नया मोड लिएको छ।सामूहिक हत्या पारिवारिक विवादका कारण भएको हुनसक्ने प्रहरीको प्रारम्भिक अनुसन्धानले देखाएको छ ।झुण्डिएको अवस्थामा फेला पर्नेमा मानबहादुर माखिम सोमबार राति हत्या गरिएका बमबहादुर फियाकका कान्छा ज्वाइँ भएको खुलेको छ ।

अधिकृतहरुका अनुसार मोखिमको ससुराली परिवारसँग राम्रो सम्बन्ध थिएन । ‘श्रीमतीले पछिल्लो समय उनीसँग सम्बन्ध विच्छेद गर्न चाहेकी थीन्’, स्रोतले भन्यो ।हत्या भएको स्थानबाट ३ घण्टाको दुरीमा मानबहादुर माखिमको शव फेला परेपछि हत्यामा उनकै संलग्नता रहेको हुनसक्ने प्रहरीले आशंका गरेको छ ।घटनामा बाँच्न सफल १२ वर्षीया बालिका सीता खजुमको बयानका आधारमा प्रहरीले तयार पारेको हुलिया पनि मोखिमकै थियो ।

जिल्ला प्रहरी कार्यालय, पाँचथरका प्रमुख डीएसपी नरेन्द्र कुँवरले पनि घटनामा एक जनाको मात्रै संलग्नता हुनसक्ने देखिएको बताए । उनले भने, ‘हामी अहिले शव भेटिएको स्थलतिर जाँदैछौं तर, शव भेटिनुअघि नै उनी संदिग्ध रुपमा हाम्रो दायरामा आएका व्यक्ति हुन् ।’

पाँचथरको मिक्लाजुङ गाउँपालिका(३, आरुबोटेका दुई परिवारका ९ जनाको खुकुरी प्रहार गरी सोमबार राति विभत्स हत्या गरिएको थियो । पाँचथरका प्रमुख जिल्ला अधिकारी मुरारी वस्तीका अनुसार खुकुरी प्रहार गर्न लाग्दा हामफालेर भाग्न खोज्दा १२ वर्षीया सीता खजुम भने भागेर बाँच्न सफल भएकी छन् । उनी घाइते अवस्थामा उपचाररत छिन् ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

हत्या गरिएकामा ३६ वर्षीया जस्मिता फियाक, ४१ वर्षीय धनराज लिम्बु, २६ वर्षीया मनकुमारी लिम्बु, छ वर्षीया इक्सा लिम्बु, १३ वर्षीया योवना लिम्बु, आठ वर्षीया मुना लिम्बु, ७४ वर्षीय बमबहादुर लिम्बु, नाम प्राप्त नभएकी बमबहादुरकी श्रीमती र १२ वर्षीया आशिका खजुम लिम्बूको विभत्स हत्या भएको हो । घाइते बालिका सीताका अनुसार अपराधी मुखुण्डो लगाएर आएका थिए ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com