स्वतन्त्र मानिस हुँ स्वतन्त्र अभिव्यक्ति दि नै रहन्छु: ज्वाला संग्रााैला


प्रकाशित मिति : जेष्ठ ७, २०७६ मंगलबार

२०७६ जेठ ७,सधै स्वतन्त्र अभिमत राख्ने ज्वाला संग्राैला आफ्नो फेसबुक बालमा लेख्नुहुन्छ। केहि भाडाका कुकुरहरु अहिले सामाजिक सन्जालमा मेरो नाम लिएर यस्लाई जेल हाल्नु पर्छ, रास्ट्रपतिलाई अपशब्द बोलि भन्दै टाङमुनि पुच्छर लुकाएर कुईंकुईं गर्दै छन् अरे भन्ने सुन्दैछु। हँसियाहथौडा र झण्डालाई अाैजार बनाएर, जनताको मानसिकताको दाेहन गरेका, फाटेका चप्पल, एकसरो लुगा भिरेर सँसदमा छिरेर अहिले वैभवकाे जीवनशैलीमा बाँचिरहेका चुतिया नेताहरूको अहाेरात्र समर्थन र ढाकछोपमा निमग्न बफादार नाङ्गा कुकुरहरुलाई एकएक जबाफ दिएर मेरो अमुल्य समय खर्च गर्न त मन थिएन तर यति जरुर भन्छु कि तिमीहरु जस्तो नेताले थालमा छोडेको जुठो टिपेर पेट भरुँला भन्ने आशा लिएर बाँचेको दरिद्र प्राणी म होइन। स्वतन्त्र मानिस हुँ र आफ्ना स्वतन्त्र अभिव्यक्तिहरु दिई नै रहन्छु।

म बकाईदा विरोध गर्छु, आलोचना गर्छु किनकि मुखले समृद्धि, भ्रष्टाचारमा शून्य सहनशीलता, सुन तस्करी हुने प्वाल बन्द भएको भन्ने गरिन्छ तर सुन तस्करलाई सँगसँगै लिएर विदेश भ्रमण गरिन्छ। राजस्व छल्नेका घरमा ओथारा बसिसकेका बुढाहरुको बिहेको उत्सव मनाइन्छ। बालिका बलात्कार भएर देशै शोकमा डु्ब्दा चारचार महिना सम्म मुख नखोल्ने राष्ट्रपतिलाई मुर्तीको संज्ञा दिएकै हुँ।आफ्नो हाते ब्याग समेत सुरक्षाकर्मीलाई भिराएर रानी भन्दा माथि उक्लेर अग्लिएकी साधारण किसानकी छोरीलाई श्री छ बडामहारानी भनेकै हुँ।शितल निवासको जस्केलो काटेर बाहिर निक्लिने बितिकै आकाश जमिन कब्जा गरेर निरिह जनताको हुर्मत लिने राष्ट्रपतिलाई नालायक भनेकै हुँ। अर्कैले लेखिदेको भाषण कनिकनि पढेर चश्मा खोलेर टेबलमै छोड़ी पठाउने बिधादेबी भण्डारीलाई चश्मा त आफै उठाउन सक्नु हुन्थ्यो होला नि महारानी भनेर प्रश्न तेर्स्याएकै हुँ। गणतन्त्र आएको १२ बर्ष पुग्यो, देशमा कम्युनिस्ट सरकार छ। दुई दुईपटक राष्ट्रपति हुने अवसर जुटेको बेला आफ्ना पतिको हत्यारा पत्ता लगाउन केले रोक्यो भनि र्याख्र्याख्ति पारेकै हुँ! बिसं २०७२ सालको संबिधानमा रास्ट्रपतिले देशबासीका नाममा संबोधन गर्दा “नेपाल सरकार” भन्नु पर्ने बकाईदा प्रावधान छ, यो प्राबधानलाई मिचेर रास्ट्रपतिले “ मेरो सरकार” भनिबक्सेकोमा आपत्ति जनाएकै हुँ। के २०७२ सालको संबिधानले रास्ट्रपतिलाई “मेरो सरकार” भन्ने सुबिधा दिएको छ? अर्कैले लेखिदेको भाषण होला म मान्छु। तर त्यो भाषण दुईतिन पटक आफैंले पढेर केहि शब्दहरु बिबादित भेटिएमा तिनलाई सच्चाईदिनु भन्ने बुद्दि र बिबेक हाम्रो रास्ट्रपतिमा कहाँ भेटियो?यस्ता यस्ता जनविरोधी गतिविधि देख्दादेख्दै पनि मैले समर्थनमा ताली पड्काई दिनुपर्ने हाे ?

यी मेरा मात्र सबाल होइनन, देशलाई माया गर्ने आम नेपालीका सबाल , प्रश्न, हुटहुटी र छटपटी हुन्। फेरि मैले न कसैलाई मार्छु भनेको छु , न कसैलाई सुपारी दिएर मान्छे मार्न खटाएको छु, न यी कुकुरहरुले मलाई प्रयोग गरेका घिनलाग्दा शब्दहरु प्रयोग गरि छोरी मान्छेको मानमर्दन हुने कुरा उठाएको छु। पशुपति शर्माले एउटा गीत निकाल्दा ज्यान मार्ने धम्की दिने लुटेराहरु खुलेआम घुमिरहेका छन्। रबि लामिछानेको लास ग़ायब गर्छु भन्ने पनि नेकपाकै ठुटे नेताहरु थिए। तिनीहरुलाई कारबाही गर्ने दम तिम्रा पार्टीमा छ? छैन भने किन भुक्छौ भ्वाङ भ्वाङ नाङ्गा कुकुरहरु? स्मरण रहोस् , तिमीहरुका धम्कीले डराएर शब्द फेर्ने पशुपति शर्मा म होइन, मैले हिजो पनि अन्यायको र अत्याचारको बिरुद्द निर्भिकता पुर्वक बोलें, आजपनि बोल्छु र भोलिपनि बोल्नेछु। मलाई कसैको धम्कीले रोक्नेवाला छैन! लोकतन्त्रमा आम नागरिकको अभिव्यक्ति स्वतन्त्रतालाई निमोठ्न खोज्ने तिमी लेण्डुपका पाठाहरुलाई जनताले चाँडै गोर्खेलौरी कसेर सिस्नोपानीले डामेर सातडाँडा कटाउने छन्, पर्ख र हेर..! तिम्रा फुस्रा धम्की पनि तिमीसँगै राख नालायकहरु..! जय स्वाभिमान !

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com