एनआरएनए अमेरिका न्यूयोर्क च्याप्टर अध्यक्ष अधिकारी भारीमतले बिजयी


प्रकाशित मिति : जेष्ठ ६, २०७६ सोमबार

एनआरएनए अमेरिका न्यूयोर्क च्याप्टर अध्यक्षमा रामहरी अधिकारी दोश्रो कार्यकालका लागि भारीमतका साथ बिजयी भएका छन् । अध्यक्ष अधिकारी नौ सय ३५ मत ल्याएर बिजयी भएका हुन् । उनका प्रतिस्पर्धी बिष्णु रानामगरले सात सय ९३ मत ल्याएका छन् । यसैगरी उपाध्यक्षमा आठ सय ८८ मत ल्याएर शिवबहादुर बानिया बिजयी भएका छन्, उनका प्रतिस्पर्धी बेगम पण्डितले सात सय ८८ मत ल्याएका छन् । अध्यक्ष पदका प्रत्यासी रानामगर २०१७ २०१९ को कार्यकालमा उपाध्यक्ष थिए ।

सचिवमा आठ सय ५९ मत ल्याएर महेश खड्का बिजयी भएका छन्, भने उनका प्रतिस्पर्धी मिलनकुमार शाहीले आठ सय ४७ मत ल्याएका थिए । सचिव पदका शाही १२ मतको झिनो अन्तरले चुनावमा हार बेर्होनु पर्यो । सचिव निर्वाचित खड्का २०१७ २०१९ को कार्यकालमा समेत सचिव थिए ।

यस्तै कोषाध्यक्षमा शोभाकान्त पाण्डेले चुनाव जितेका छन्, उनका प्रतिस्पर्धी अग्नि राई थिए । यस्तै महिला संयोजकमा राज्यलक्ष्मी कर्माचार्य निर्विरोध निर्वाचित भएकी छन् । भने युवा संयोजकमा बिजय गुरुङले चुनाव जितेका छन्, उनको प्रतिस्पर्धीमा प्रेमकुमार राई थिए ।

यस्तै बोर्ड सदस्यमा अनुजंग थापामगर, रिमाया नेपाली, चुन्डि शेर्पा, अरुन क्षेत्री एनसरी गुरुङ बिजयी भएका छन् । रविकुमार गौतम, धनबहादुर खत्री, पुन्यवती रम्तेल, रन्जित गौली, भिमसेन कँडेलले बोर्ड सदस्यमा हार बेर्होनु पर्यो ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

अध्यक्षमा निर्वाचित अधिकारीले दोश्रो कार्यकालका लागि अत्याधिकमतका साथ बिजयी गराउने मतदाताहरुलाई धन्यवाद दिँदै आफुले अगाडि सारेका योजनाहरु पुरा गर्ने प्रतिवद्धता व्यक्त गरेका छन् । सबै संघ सस्थासंग सहकार्य गर्दै एनआरएनका बाँकी मुद्धाहरुमा समेत सहकार्य गर्ने योजना रहेको सुनाए ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com